शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दबंग थ्रीको ट्रेलरमा गल्ती, सोसल मिडियामा भइरहेको छ सलमानको फिल्म ट्रोल

शुक्रबार, ०८ कात्तिक २०७६, १० : ३५
शुक्रबार, ०८ कात्तिक २०७६

सलमान खानको फिल्म दबंग थ्रीको ट्रेलर रिलिज भइसकेको छ । यो फिल्ममा जहाँ सलमान खान आफ्नो चिर परिचित अन्दाजमा देखिएका छन् भने फिल्मका निर्माताको एक गल्तीका कारण दबंग थ्री ट्रोल पनि भइरहेको छ ।

वास्तवमा सलमानको फिल्मको ट्रेलरको अन्त्यमा रिलिज डेटमा अंग्रेजीमा लेखिएको डिसेम्बरको स्पेलिङ गलत छ । ट्वीटर प्रयोगकर्ताले यो गल्ती देख्ने बित्तिकै फिल्म निर्मातालाई ट्रोल गर्नथाले । स्मरण रहोस् यसअघि सलमानको फिल्म रेस थ्रीको पनि अत्यधिक ट्रोल गरिएको थियो र यो फिल्मका पनि अत्यधिक मीम्स बनाइएका थिए ।

दबंग थ्री फिल्मको ट्रेलरमा सलमान खान, चुलबुल पाण्डेको भूमिका देखिएका छन् । तीन मिनेट लामो यो ट्रेलरमा एकातर्फ जहाँ उनी गुण्डालाई पिटिरहेको देखिन्छन् भने अर्कोतर्फ कमेडीका साथै रोमान्स पनि देखाइएको छ । विशेष कुरा के हो भने चुलबुल पाण्डे ‘दबंग’ बनेको कहानी पनि देखाइएको छ । ट्रेलर रिलिज हुनेबित्तिकै सलमान खानका प्रशंसकले यसलाई ब्लक बस्टर बताइरहेका छन् ।

महेश मांजरकेरकी छोरी यो फिल्मबाट डेब्यू गरिरहेकी छिन्ः

सलमान खानको यो फिल्मबाट महे मांजरकेरकी छोरी सई मांजरकेर डेब्यू गरिरहेकी छिन् । ट्रेलरका केही दृश्यमा सलमान खानलाई सई मांजरकेरसँग रोमान्स गरिरहेको पनि देख्न सकिन्छ । साथै, सलमान खानको पनि दुई भिन्न अवतार ट्रेलरमा देखिएको छ । फिल्ममा सोनाक्षी सिन्हा पनि देखिनेछिन् । प्रभुदेवाद्वारा निर्देशित यो फिल्म डिसेम्बरमा रिलिज हुँदैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप