मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

शाहरुखले आफ्नो छोराले फिल्ममा अभिनय गर्न नसक्ने बताउँदै भने, ‘उसमा त्यो कुरा नै छैन’

शनिबार, ०९ कात्तिक २०७६, १२ : २९
शनिबार, ०९ कात्तिक २०७६

बलिउडका किंग खानको रुपमा परिचित शाहरुख खानले आफ्नो छोरा अभिनयका लागि ठिक नभएको बताएका छन् । उनले यसको कारण थुप्रै पटक बताइसकेका पनि छन् ।

शााहरुखले थुप्रै पटक उनका छोरा अभिनयमा नभई फिल्म निर्माणमा रुची राख्ने बताइसकेका छन् । आर्यन यतिबेला अमेरिकामा फिल्म निर्माणको पढाई पनि गरिरहेका छन् । केही दिन अघि एक कार्यक्रममा कुरा गर्दै शाहरुख खानले आर्यनको अभिनयबारे कुरा गरेका छन् । उनले आर्यनले अभिनय नगर्ने कारण पनि बताएका छन् ।

शाहरुखले भने, ‘मेरो छोरा अभिनय गर्न चाहँदैन र मलाई लाग्छ कि उसले अभिनय गर्न नै सक्दैन । भारतमा यस्तै संस्कृति छ, फिल्मस्टारका छोरा फिल्मस्टार नै बन्छ भनिन्छ । ऊ राम्रो देखिन्छ, अग्लो छ, ठिक छ । तर उसमा त्यो कुरा नै छैन जुन अभिनयका लागि चाहिन्छ र उसलाई पनि यो कुरा राम्रोसँग थाहा छ । ऊ एक राम्रो लेखक हो ।’

उनले भनेका छन्, ‘आफ्नो तुलना सधैं बुवासँग हुने भएकोले आफू अभिनय गर्न नचाहेको आर्यनले मलाई बताएको थियो । उसले राम्रो गरेको खण्डमा मानिसहरुले ‘ऊ त शाहरुखको छोरा हो, यो त उसको जिनमा छ’ भन्छन् । यदि उसले राम्रो गर्न सकेन भने मानिसहरुले ‘हेर, बुवाले के गर्यो र उसले के गरिरहेको छ’ भन्छन् ।’ शाहरुखले आर्यनको यी कुरालाई निकै इमान्दार र प्राक्टिकल बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप