पटका पड्काउँदा किन रंगीचंगी प्रकाश देखिन्छ ?
तिहार आयो । तिहारमा तपाईंले पनि भुइचम्प रकेट जस्ता विभिन्न पट्का पड्काउनु भयो होला । आफुले नपडकाए पनि तपाईंले अरुले पड्काएको त अवश्य देख्नु भयो होला । त्यसरी पट्का पड्किदा विभिन्न रंगीचंगी प्रकाशहरु निस्केको पनि अवश्य देख्नु भयो होला । आखिर त्यसरी पट्का पड्किदा किन र कसरी विभिन्न रंग प्रकाशहरु पैदा हुन्छ त ?
सामान्यतः पट्काहरु पोटासियम नाइट्रेड गन्धक, कोइला जसता पदार्थ मिलाएर बनाइएकोहुन्छ । र, त्यस प्रकाशलाई रंगीन बनाउनको लागि त्यसमा अन्य दुइ धातुहरु–स्ट्रोनशियम र बेरियमको लवणहरु पोटासियम क्लोरेटका साथ मिलाइएको हुन्छ ।
त्यसरी प्रयोग गरिएका धातुका लवणहरुमा बेरियमको लवण हरियो रंग पैदा हुन्छ । त्यस्तै, स्ट्रोनिसियम सल्फेटले हल्का आकाशे रंगको प्रकाश दिन्छ भने स्ट्रोनसियम कारबोनेटले पहेलो रंगको स्ट्रनेनशियम नाइट्रेडले रातो रंगको प्रकाश पैदा हुन्छ । जब हामी पट्का पड्काउँछौ, त्यसबेल ती धातुका लवणहरु पनि बल्छन् र कैयान रंगका प्रकाशहरु पैदा हुन जान्छन् । त्यसैले पट्का पड्किदा हामी विभिन्न रंगीचंगी प्काशहरु पैदा भएको देख्छौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्धको टी–२० शृंखलाका लागि नेपाली टोलीको घोषणा
-
नेपालको ‘इन्जिन अफ ग्रोथ’ जलविद्युत र पर्यटन : अध्यक्ष नेपाल
-
आगोले जलेर महिला गम्भीर, आकस्मिक कक्षमा डाक्टर नहुँदा प्राथमिक स्वास्थ केन्द्रमा तालाबन्दी
-
टेभेज अस्पतालबाट डिस्चार्ज
-
‘स्टक एनालिटिक्स सफ्टवेयर’ : सेयर कारोबारमा नयाँ आयाम
-
बसको ठक्करबाट तीर्थयात्रीको मृत्यु