बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आहै फूलको झिलिमिली...

आइतबार, १० कात्तिक २०७६, ०९ : ३८
आइतबार, १० कात्तिक २०७६

आहै झिलिमिली झिलिमिली

आहै के को झिलिमिली

आहै फूलको झिलिमिली ।।

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा खेलिने देउसीभैलोमा गाइने गीतको हरफले यस चाडमा फूलको महत्त्व कति छ भन्ने दर्साउँछ । यस चाडमा घरहरु फूलैफूलले सजाइने हुँदा तिहारलाई फूलहरुको चाड पनि भनिन्छ ।

तिहारमा विशेष गरेर सयपत्री फूलको बढी प्रयोग हुन्छ । घर सजाउनदेखि पूजा गर्नलाई सयपत्री फूलबाट माला बनाउने गरिन्छ ।

पछिल्लो समय नेपालमा सयपत्री फूलको खेती पनि फस्टाएको छ । उपत्यकाका आसपासका क्षेत्रमा सयपत्री फूलहरु मनग्गेरुपमा रोपिने गरेका छन् । तिहारमा ती फूलहरुलाई काठमाडौँमा ल्याएर बिक्री गरिन्छ ।

यहाँ इचङ्गु र ह्वाइट गुम्बा क्षेत्रमा देखिएको सयपत्री फूलको खेतीलाई तस्विरमा कैद गरिएको छ । सयपत्री फूलको मनोरम दृश्यलाई फोटोपत्रकार सुवास श्रेष्ठले आफ्नो लेन्समा कैद गरेका हुन् । हेरौँ तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप