शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तिहारलाई ५ अर्बको सामग्री आयात

सोमबार, ११ कात्तिक २०७६, ०९ : ३१
सोमबार, ११ कात्तिक २०७६

काठमाडौं - पछिल्ला तीन महिनामा तिहार लक्षित ५ अर्ब ९ करोड रुपैयाँको सामग्री आयात भएको छ । सो अवधिमा भाइटीकाका लागि चाहिने बदाम, काजु, किसमिस, स्याउ, सुन्तलालगायत वस्तुको आयात भएको भन्सार विभागको तथ्यांक छ । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो १ अर्ब ३४ करोड रुपैयाँले बढी हो । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँको तिहार सामग्री आयात भएको थियो ।
ती सामग्री भारत, चीन, थाइल्यान्ड, अमेरिका, क्यानडा लगायतबाट आयात भएको विभागले जनाएको छ । सबैभन्दा बढी स्याउको आयात भएको छ । ३ महिनाको अवधिमा १ अर्ब ९८ करोड ७२ लाख रुपैयाँको स्याउ आयात भएको छ । अघिल्लो वर्षको तिहारमा १ अर्ब ७२ करोड रुपैयाँको स्याउ आयात भएको तथ्यांकमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप