शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीआईपी जुवाडे प्रकरण : प्रहरीबाट जोगिन शौचालयमा लुकेका थिए बिटुमिन व्यापारी अग्रवाल !

सोमबार, ११ कात्तिक २०७६, १२ : ०४
सोमबार, ११ कात्तिक २०७६

काठमाडौँ– भीआईपी जुवाडे प्रकरणले चिनिएको काठमाडौँको महाराजगञ्जस्थित साम्बला होटल पछाडिको एक निजी घरमा जुवा खालमा प्रहरीको छापा प्रकरणमा नयाँनयाँ समाचारहरु बाहिर आउने क्रम जारी छ ।

 उक्त जुवा अखडामा प्रहरी छापा मार्न पुग्दा जुवाडेहरुको भागाभाग मच्चिएको थियो । 

‘कोही शौचालय त कोही पलङमुनि समेत लुकेका थिए । त्यहाँ अप्रेशन गर्दा प्रहरीले ठूलै चुनौति भोग्नुपर्यो’ अनुसन्धानमा खटिएका एक प्रहरी भन्छन्, ‘प्रहरी आएको थाहा पाएपछि बिटुमिन व्यापारी पवन अग्रवालचाहिँ शौचालयभित्र लुकेको पाइयो । भित्रबाट चुकुल लगाएको पाएपछि प्रहरीले निकै सास्ती बेहोरेर नियन्त्रणमा लिनु परेको थियो ।’ 

अग्रवाल हुण्डी व्यपारी समेत भएको बुझिएको छ । 

भीआईपी जुवाडेका नामले चिनिने उक्त प्रकरणमा २५ जना जुवाडेसहित २ करोड ६७ लाख नगद समेत प्रहरीले बरामद गरेको थियो । सो घटनामा सहभागी भएकाहरु अधिकाँश व्यापारी रहेका थिए । भीआईपीहरु समातिएकाले उक्त मुद्दा कमजोर पार्न चलखेल सुरु भएको बताइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप