शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सोमबार, ११ कात्तिक २०७६, २१ : ४९
सोमबार, ११ कात्तिक २०७६

सप्तरी-राजविराज–रुपनी सडकखण्डको राजविराज नगरपालिका–९ मलेठमा  ट्र्याक्टरले ठक्कर दिँदा आज मोटरसाइकल चालकको मृत्यु भएको छ । ट्र्याक्टरको ठक्करबार मोटरसाइकल चालक रुपनी गाउँपालिका–५ मुसरहनियाका  १९ वर्षीय दिपेश यादवको मृत्यु भएको  प्रहरी उपरीक्षक तिलक भारतीले बताए ।

ठक्करबाट यादवको दाहिने हात र पाखुरामा गम्भीर चोट लागेपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान उपचारका लागि पठाइएको थियो । उपचारकै क्रममा आज उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

रुपनीबाट राजविराजतर्फ आउँदै गरेको स१त ४३६९ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको बा३८प ७१९५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । सोही दुर्घटनामा मोटरसाइकल पछाडि सवार रुपनी गाउँपालिका–५ कै २२ वर्षीय रुपेशकुमार खङ्गको दुवै खुट्टामा चोट लागेर घाइते हुनुभएको छ । उनको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भइरहेको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए ।
 
यस्तै कञ्चनपुर–फत्तेपुर सडकखण्डअन्तर्गत सप्तरीको  सप्तकोशी नगरपालिका–५ स्थित गङ्गाजली टोलमा मोटरसाइकलको ठक्करबाट सप्तकोशी नगरपालिका–१ नयाँबजार बस्ने ३५ वर्षीय राजेश शर्माको घटनास्थलमै मृत्यु भएको छ । कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को३३प ५२७ नंको मोटरसाइकलले उनलाई ठक्कर दिइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप