शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरामा स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु

बुधबार, १३ कात्तिक २०७६, १३ : ०१
बुधबार, १३ कात्तिक २०७६

कास्की– पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कारपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंसीशहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । 

दुर्घटनामा परी गम्भीर घाइते भएका गुरुङलाई मणिपाल शिक्षण अस्पताल लगिएकामा गए राति उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ । बा १ य ८७५ नं को स्कारपियो गाडीले गुरुङ सवार ग १२ प ८८०० र अर्को ग ९ प ५४८२ नं को स्कुटरलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा परेका पोखरा–८ का अजित गुरुङ तथा गाडी चालक पोखरा–का ३१ का कैलाश थापाको उपचार भइरहेको प्रहरीले जनाएको छ ।   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप