शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दिपावली पार्टीमा ऐश्वर्याकी म्यानेजरको लुगामा आगो लाग्यो, शाहरुखले बचाए

बुधबार, १३ कात्तिक २०७६, १४ : १६
बुधबार, १३ कात्तिक २०७६

एजेन्सी । ‘जलसा’ मा आयोजित दिपावली पार्टीमा ऐश्वर्या रायकी म्यानेजर अर्चना सदान्दको लेहेङ्गामा दियोबाट आगो सल्किँदा उनको हात र खुट्टामा गम्भीर चोट लागेको छ ।

उक्त घटना हुँदा शाहरुख खानले उनको लुगामा लागेको आगो निभाउँदै ज्यान बचाएका थिए । घटनामा शाहरुखलाई पनि सामान्य चोट लागेको छ ।

यसअघि टिभी अभिनेत्री निया शर्मा पनि यस्तै घटनाको शिकार बनेकी थिइन् ।

पार्टीमा अर्चना आफ्नो छोरीसहित पुगेकी थिइन् । रातिको करीब तीन बजे उनको लहेङ्गामा दियोको आगो सल्किएको थियो । त्यहाँ उपस्थित शाहरुखले हत्तपत्त आफ्नो ज्याकेट फुकालेर आगो निभाएका थिए ।

घटनामा अर्चनाको हात र खुट्टामा गम्भीर चोट लाग्यो भने शाहरुखलाई सामान्य चोट लाग्यो । डाक्टरका अनुसार अर्चनाको हात १५ प्रतिशत जलेको छ ।

महानायक अमिताभ बच्चनको घर जलसामा आयोजित उक्त पार्टीमा बलिउडका कयौँ हस्तीहरु उपस्थित थिए । जसमा शाहरुख–गौरी खानको साथै कटरिना कैफ, करीना कपुर, विराट कोहली, अनुष्का शर्मा, विपाशु वासु, करण सिंह ग्रोवर, अक्षय कुमार, ट्वीङ्कल खन्नालगायत थिए । फिल्मी दुनियाँका अलवा व्यवसायी मुकेश अम्बानी, नीता अम्बानी, पूर्व क्रिकेटर जहिर खानलगायत पनि पार्टीमा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप