शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशको शासन व्यवस्था अनाडीको हातमा पुग्यो : उपसभापति निधि

बुधबार, १३ कात्तिक २०७६, १९ : १३
बुधबार, १३ कात्तिक २०७६

जनकपुर – नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले देशको शासन व्यवस्था (अनाडी)को अनुभवविहीन हातमा पुगेको टिप्पणी गरेका छन् । बुधबार क्षीरेश्वरनाथ नगरपालिकास्थित रमदैयामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उपसभापति निधिले कम्युनिष्टको विचारधारा नै संघीयता र लोकतन्त्र विरोधी रहेको टिप्पणी गरे ।

कम्युनिष्ट पार्टीको नेतृत्वमा शासन व्यवस्था पुगेको भन्दै निधिले संघीयता र लोकतन्त्रमाथि खतरा आइपरेको बताए । उनले भने, ‘कम्युनिष्टको विचारधारारले संघीयता र लोकतन्त्रमाथि विश्वास गर्दैन । कम्युनिष्टहरु एकदलीय शासन प्रणालीमा विश्वास गर्छन् ।’

एकदलीय शासन प्रणालीमा विश्वास गर्ने कम्युनिष्ट र मधेशको नाममा जनतालाई ठग्ने दुबै दल(समाजवादी र राजपा) बाट पनि मुलुकलाई खतरा रहेको निधिको दाबी छ । कम्युनिष्टहरुको विरोध गरेर मधेशी जनताबाट भोट लिएकाहरु नै अहिले कम्युनिष्टको पिछलग्गु बनेको निधिले आरोप लगाए ।

सबैले आ–आफ्नो पार्टीको नामबाट मधेश हटाइसकेकोले नेपालमा अब मधेशवादी भत्रे कुनै पार्टी नरहेको निधिले दाबी गरे । संविधान निर्माण, तीन तहको निर्वाचनलगायतका महत्वपूर्ण कामहरुमा व्यस्त हुँदा गएको निर्वाचनमा हार बेहोर्नुपरेको भन्दै आगामी निर्वाचनमा काँग्रेस पहिलो पार्टी बत्रे उनको दाबी छ । यस्तै काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवले मधेश र मधेशीको नाममा भोट लिएकाहरुको वास्तविकता यहाँका जनताले बुझिसकेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप