शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटमा गोली चल्यो, भारतीय नागरिक घाइते

बुधबार, १३ कात्तिक २०७६, २० : ०३
बुधबार, १३ कात्तिक २०७६

रौतहट – रौतहटको गौर नगरपालिकामा बुधबार साँझ एक व्यक्तिमाथि गोली प्रहार भएको छ । गौर नगरपालिका–३ विद्युत प्राधिकरणको कार्यालय नजिकै अज्ञात व्यक्तिको गोली प्रहारबाट भारतीय नागरिक ४० वर्षीय विजय गुप्ता घाइते भएका हुन् ।

गुप्ताको पेटमा गोली लागेको छ । उनलाई उपचारका लागि जिल्ला अस्पताल गौर ल्याइएको छ । गोली कसले र किन चलाएको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नविन कार्कीले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप