शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रान्तिका संवाहकहरुको हुर्मत लिइँदा उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले

फ्रान्सेली क्रान्तिकाे निर्मम इतिहास : माकुराका बच्चाले आफ्नै आमा खान्छन् !
बुधबार, १३ कात्तिक २०७६, २१ : ५०
बुधबार, १३ कात्तिक २०७६

 

महाभारतमा एउटा कथाको प्रसंग छ | आफ्नी बहिनी देवकीको आठौँ सन्तानबाट आफू मारिने कुरा कंशले नारदबाट सुचना पाउँछन् | रिसले आगो हुन्छन् उनि | देवकीलाई मार्न भनेर झम्टिन्छन् | वशुदेव अघि सर्छन् र जन्मे जति सबै बच्चा तुरुन्त कंशलाई सुम्पीदिने संकल्प गर्दै देवकीको प्राण रक्षाको विन्ती गर्छन् । तब जन्मने वित्तिकै कंश आफ्ना भान्जा भान्जी मार्न थाल्छन् |

ग्रीक पौराणिक कथामा पनि यस्तै एउटा कथा छ क्रोनोसको दन्त्यकथा | पछि रोमनहरुले यो कथा सापट लिए | रोमनहरु क्रोनोसलाई शनि भन्छन् |

क्रोनोसले आफ्नै बाबुबाट सत्ता हत्याको हुन्छ | उ पनि आफ्नै भाग्य प्रति ढुक्क हुन्न | समय क्रममा कसै गरी उसलाई थाहा हुन्छ कि उसलाई पनि कुनै एउटा आफ्नै छोराले अपदस्त गर्ने छ | तव भने उ जन्मने बित्तिकै आफ्नै छोरा एक पछि अर्को खान थाल्छ | फ्रेन्च क्रान्तिमा यो कथा सादृश हुन्छ |

रोबोसपियरे https://en.wikipedia.org

फ्रेन्च क्रान्ति (१७८९)भरखरै सम्पन्न भएको थियो र संक्रमणको क्रम जारी थियो | प्रतिक्रान्तिकारीहरू माथिको दमनचक्र तीव्र पारिदै थियो | राजा रानी गिलोटिनमा काटी सकिएका थिए | प्रतिकान्तिकारी भनेर शंकास्पद हजारौं मारिन पुगे | त्यसमा निर्दोषहरु पनि पर्न थाले | अराजकता र आतंकको बिगबिगी मचियो | यो सब काम क्रान्तिका नायक रोबोसपियरेको नेतृत्वमा भई रहेको थियो |

जर्जेस ज्याक्स ड्याण्टन https://upload.wikimedia.org

क्रान्तिका अर्का नायक जर्जेस ज्याक्स ड्याण्टन पनि थिए | यी दुवै एक अर्काका प्रतिद्वन्दी | रोबोसपियरेले ड्याण्टनलाई पक्रेर मुद्धा चलाए | पुर्पक्षको दौरानमा ड्याण्टनले ललकार्दै प्रतिवाद गरेका थिए , 'शनिले जस्तै क्रान्तिले आफ्नै सन्तानको आहारा बनाएको छ |' उनलाई फासीमा चडाउने उर्दी भयो | बलिभेदीमा लादै गर्दा उनि रोबोसपियरेको घरको बगलबाट गुज्रदै थिए | घरलाई पुलुक्क हेरेर उनले टिप्पणी गरे, रोबोसपियरे ' तिम्रो गति पनि चाढै हाम्रै जस्तो हुनेछ | तिम्रो यो घर पनि गर्ल्याम गुर्लुम ढालिने छ | अनि तिम्रा पनि घाउमा नुन चुक दलिने छ |'

ड्याण्टनको भविष्यवाणी सत्य सावित भयो | पहिले गिरोण्डिनहरुको सफाय गरियो | दोश्रो शिकार ड्याण्टनहरु भए | अन्ततः रोबोसपियरे र उनका अनुयायीहरुलाई च्याङ्खुराइयो | यसरी क्रान्तिका संवाहकहरुको हुर्मत लिइयो | अनि उनीहरुको चिहान माथि प्रतिक्रान्तिकारीहरुले बुर्कुसी मार्न थाले, लामो समयसम्म |

इतिहास हो, निर्मम इतिहास |

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कार्की
टंक कार्की
लेखकबाट थप