शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रवीन्द्र मिश्रको प्रश्न: नीति ठीक भएको नेता चुन्ने कि फेरि म.म. खाने ?

बिहीबार, १४ कात्तिक २०७६, १५ : ४७
बिहीबार, १४ कात्तिक २०७६

काठमाडौं– साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आगामी उपनिर्वाचनमा आफ्नो दलले विजय हासिल गर्ने दावी गरेका छन् । बिहिबार दलको पार्टी कार्यालय बखुन्डोलमा भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ का लागि उम्मेद्धवार घोषणा कार्यक्रममा बोल्दै उनले अन्य दलको विकल्पमा रुपमा आफ्नो दल रहेको उल्लेख गरे ।  

साझा पार्टीले भक्तपुर क्षेत्र नं. १ को प्रदेशसभा १ का लागि सुरज प्रधानलाई उम्मेदवारको रुपमा अघि सारेको छ । कार्यक्रममा बोल्दै संयोजक मिश्रले विकल्प नहुँदा प्रमुख सत्ताधारी र प्रमुख विपक्षी दलहरुले जति नै कूकृत्य गरेपनि जनताले उनीहरुलाई भोट हाल्ने प्रवृत्ति रहेपनि अब त्यो अवस्था नरहेको बताए । 

उनले भने– ‘हामीले पहिला नै एकठाँउमा भनेका थियौँ, मेन्यु हे¥यो हे¥यो त्यसपछि त्यही म.म. खायो भनेजस्तो बर्षभरी गाली गलौज ग¥यो ग¥यो, अन्तत्वगता भोट तिनै पार्टीहरुलाई हाल्यो । यो किसिमको प्रचलनले नेपाली समाजलाई नराम्रोसँग गाँजेको छ । त्यो गाँज्नका कारण के थियो भने पहिला कहाँ जाने त भन्ने विकल्प थिएन ठाउँ थिएन ।’

उनले गत निर्वाचनमा धेरैले आफ्नो दललाई अन्य दलको विकल्पको रुपमा लिएको बताए । उनले लोकतान्त्रिक भन्ने काँग्रेस पार्टीका लागि पनि विकल्प दिएको र कम्युनिष्ट भनेर सर्वहाराको नाम दिएर विपन्नहरुको सेवा गर्न हामी राजनीति गर्दैछौँ भन्ने पार्टीका लागि पनि विकल्प दिएको दावी गरे । उनले देशमा लोकतन्त्रको सूसंस्कृत पार्टी साझा पार्टी मात्र हो भनेर हामी विश्वास दिलाउने बताए । 

मिश्रले अन्य पार्टीले लोकन्त्रणको टोपी लगाएर धोती उढाउने काम गरेको उल्लेख गरे ।  कम्युनिष्ट पार्टीहरु सर्वहाराको नाम दिएर सत्तामा पुगेको र उनीहरुकै भाषामा भन्नुपर्दा दलाल पूँजीपतिको चंगुलमा परेको र बिचौलियाबाट सञ्चालित भएको आरोप लगाए । 

उनले साझा पार्टीले लोककल्याणकारी राज्य स्थापना गर्ने लक्ष्य लिएको बताए । देशमा कल्याणकारी लोकतन्त्र स्थापना गर्न चाहेको बताउँदै उनले आफ्नो पार्टीले कम्युनिष्ट र काँग्रेस दुवै दलको विकल्पको रुपमा काम गर्ने बताए । 

उनले प्रश्न गरे– ‘नियत पनि ठीक र नीति पनि ठीक भएको पार्टी र नेताहरु चुन्ने कि अब फेरि म.म. खाने ?’ उपनिर्वाचनलाई आफ्नो पार्टीले जनमत संग्रहका रुपमा लिएको उल्लेख गर्दैै उनले आफ्नो दलका लागि भक्तपुरको प्रदेशसभा तर्फको निर्वाचन महत्वपूर्ण भएको बताए । गएको चुनावमा कुनै आधारबिना नै उम्मेदवारी दिएको बताउँदै उनले अहिले आधार निर्माण भएकोले चुनाव जित्ने दावी गरे । 

चुनाव जित्ने आधार महरा काण्डहरु 

उनले आफ्नो दलले चुनाव जित्ने आधार अरु दलले गरेका भष्टाचार, अपराध तथा विभिन्न काण्डहरु रहेको बताए । संयोजक मिश्रले बहुदल स्थापना भएको ३० बर्षमा देशमा जनताले विश्वास गरेका प्रमुख पार्टीहरुले गरेका कूकृत्यहरु, काण्डै काण्डहरु गरेका कारण अब जनताले उनीहरुलाई विश्वास नगर्ने दावी गरे । 

उनले भने– ‘हालैको आलम काण्डदेखि लिएर महरा काण्डसम्म, अरु काण्ड खोज्ने हो भने पैसै नभइकन पाँचतारे होटेलमा बसेको काण्डदेखि लिएर पैसै नभई विदेशमा उपचार गरेको काण्डदेखि लिएर जे जति तपाईले देख्नुभएको छ ती अन्यायीपूर्ण काण्ड हुन् । एकातिर दलहरुले तीब्र निराशा जगाएर काम गरिरहेका छन् भने हामीले आशा जगाएर काम गरिरहेका छौँ ।’

उनले हालै सिस्नुपानी नेपालले गरेको प्रदर्शनमा अहिलेसम्मको सशक्त बर्षभरी राजनीतिक दलका कूकृत्यहरुको चित्रण भन्दै दलले गरेका कामहरु त्यहाँ हेर्दा थाहा हुने बताए । उनले अन्य दलको कमजोरी पक्ष र साझा पार्टीको सशक्त पक्षका कारण अब आफ्नो दलले विजय हासिल गर्दै जाने उनको दावी छ । 

मिश्रले पार्टी फुट्नु समान्य कुरा भएको बताउँदै आफ्नो संगठनमा कुनै प्रभाव नपरेको बताउँदै आक्रामक रुपमा संगठन विस्तार गरेको बताए ।  उम्मेदारका रुपमा प्रस्तुत सुरज प्रधानले आफूले भक्तपुरको सांस्कृतिक सम्पदा संरक्षणका लागि काम गर्ने बताए । आफूले वातावरणमैत्री इँटा उत्पादनको काम गरिरहेको बताए ।

उनले भक्तपुरमा इटा भट्टाका कारण वातावरण प्रदूर्षण भइरहेको कारण भक्तपुरमा वातावरण प्रदूर्षण कम गर्न प्रयत्न गर्ने बताए । उनले भारतमा सिए अध्ययन गरेपछि नेपालमा केही गर्नुपर्छ भने फर्किएर आएको बताउँदै समाजमा केही गर्छु भनेर राजनीतिमा आएको उल्लेख गरे । 

आगामी उपनिर्वाचनमा साझा पार्टीले कास्की, भक्तपुर, दाङ, धरानमा उम्मेदवारी दिने पक्का भइसकेको र यी ठाउँमा चुनाव जित्ने दावी गरेको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप