बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निलकण्ठ नगरपालिकाको वडा कार्यालयमा तोडफोड

बिहीबार, १४ कात्तिक २०७६, २२ : ४२
बिहीबार, १४ कात्तिक २०७६

धादिङ- नीलकण्ठ नगरपालिका–९ को कार्यालयमा अज्ञात समूहले तोडफोड गरी चोरी गरेको छ । तिहार बिदाको समयमा ज्यामिरेमा रहेको वडा कार्यालयमा तोडफोड गरी मेलमिलापसम्बन्धी फाइल चोरी भएको वडाध्यक्ष भोजराज रेग्मीले बताए । आज वडा कार्यालय खोल्न जाँदा कार्यालय सहयोगीले कार्यालय फोरिएको सूचना दिएपछि मात्र चोरी भएको बारे थाहा पाएको वडाध्यक्ष रेग्मीले बताए । 

अज्ञात समूहले कार्यालयको मुख्य ढोकासहित पाँच ढोका, स्टिल दराज र वडाध्यक्षको कार्यकक्षको टेबुलको घर्रा तोडफोड गरेको छ । चाडपर्वमा मादक पदार्थ सेवन गर्नेहरुले कार्यालय तोडफोड गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रुपक खड्काले बताए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप