शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको एकसाथ चार नँया शाखा संचालन

शुक्रबार, १५ कात्तिक २०७६, १७ : २७
शुक्रबार, १५ कात्तिक २०७६

काठमाडौं– सिद्धार्थ बैंकले कार्तिक १५ गते शुक्रबार काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो । 

शाखा मार्फत बैंकले सर्वसाधारण र व्यवसायीहरूमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्य लिएको छ । 

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप