बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बार्सिलोना पराजित हुँदा रियलले फाइदा उठाउन सकेन

आइतबार, १७ कात्तिक २०७६, ०७ : ३५
आइतबार, १७ कात्तिक २०७६

एजेन्सी । ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले सात मिनेटको अन्तरालमा तीन गोल खाएपछि लेभान्तेसँग पराजित भएको छ ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा तीन गोल खाएपछि ३–१ गोलअन्तरले पराजित भएको हो ।

कप्तान लियोनेल मेस्सीले पाहुना टोलीलाई ३८ औँ मिनेटमा पेनाल्टीमार्फत अग्रता दिलाएका थिए ।

तर, खेलको ६१ औँ मिनेटमा होजे काम्पानाले लेभान्तेका लागि बराबरी गोल फर्काए । दुई मिनेटपछि बोर्या मायोरालले लेभान्तेलाई अग्रता दिलाए भने नेमान्जा राडोजाले लगत्तै अग्रता दोब्बर बनाए ।

मेस्सीले दोस्रो हाफमा गरेको गोल भिडियो एसिस्टेन्ट रेफ्रीले खारेज गरेका थिए ।

११ खेलपछि बार्सिलोनाको २२ अंक रहेको छ र गोल अन्तरको आधारमा रियल म्याड्रिडलाई उछिन्दै शीर्ष स्थानमा कायम छ । जीतपछि लेभान्ते आठौँ स्थानमा उक्लिएको छ ।

शनिबार नै भएको अन्य खेलमा रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरीमा रोकिँदा बार्सिलोनालाई उछिन्ने मौका गुमायो ।

पहिलो हाफमा एडिन हजार्डले गरेको गोललाई भिडियो एसिस्टेन्ट रेफ्रेीले खारेज गरेका थिए । त्यस्तै, भिनिसियस जुनियर र सर्जियो रामोशको प्रहारलाई रियल बेटिसका गोलकिपरले विफल बनाएका थिए । ११ खेलबाट रियलको २२ अंक रहेको छ ।

उता, अन्य खेलमा भ्यालेन्सियाले एस्पानियोललाई २–१ ले पराजित गर्यो भने । एथ्लेटिको म्याड्रिड र सेभियाले भने १–१ को बराबरीमा चित्त बुझाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप