शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकबाट ऋण लिएर घर किन्नेलाई राहत, कर्जाको ब्याजदर बढेपनि मासिक किस्ता नढ्ने

आइतबार, १७ कात्तिक २०७६, १२ : ०३
आइतबार, १७ कात्तिक २०७६

काठमाडौँ । बैंकबाट ऋण लिएर घर किन्ने उपभोक्ताले राहत पाउने भएका छन् । बैंकबाट ऋण लिएर घर बनाउनेलाई कर्जाको ब्याजदर बढेपनि किस्ता नबढ्ने भएको छ । 

बैंक नेपाल राष्ट्र बैंकले पहिलो पटक घर किन्नेलाई कर्जाको ब्याजदर वृद्धि भएमा पूर्वनिर्धारित मासिक किस्ता वृद्धि नगरी  कर्जा भुक्तान हुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशिका जारी गरेको छ । 

राष्ट्र बैंकले एकीकृत निर्देशिका २०७५ संशोधन गर्दै व्यक्तिगत घर किन्नका लागि सहज बनाएको हो । पहिलो पटक घर खरिद गर्ने व्यक्तिलाई १ करोड ५० लाखसम्मको ऋण स्वीकृत गर्दा धितोको ७० प्रतिशतसम्म दिने व्यवस्था गरेको छ ।

 यसअघि धितोको ६० प्रतिशत मात्र थियो । तर यस्तो आवास ऋणी आफूले मात्र प्रयोग गर्ने गरी बढीमा ३ हजार बर्गफिटसम्मको घर अथवा अपार्टमेन्ट हुनुपर्नेछ ।  कुनैपनि बैंक तथा वित्तीय संस्थाबाट यसअघि घर वा अपार्टमेन्ट खरिद वा निर्माण गर्न कर्जा नलिएको हुनुपर्नेछ । 

यो सुविधा अन्तर्गत कर्जा प्रदान गर्दा घरभाडालाई ऋणीको आम्दानीको श्रोतको रुपमा देखाउन नपाइने व्यवस्था उक्त निर्देशिकामा उल्लेख छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप