शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अपाङ्गहरुको जीवनयापनमा सहजीकरण गर्न महानगर प्रतिबद्धः मेयर दाहाल

आइतबार, १७ कात्तिक २०७६, १६ : ४२
आइतबार, १७ कात्तिक २०७६

चितवन । भरतपुर महानगरपालिकी मेयर रेनु दाहालले महानगरपालिका सबै प्रकारका अपाङ्गहरुको जीवनयापनमा सहजीकरण गर्न प्रतिबद्ध रहेको बताएकी छिन् । 

आइतबार अपाङ्ग समाजको चितवनको २५ औं वार्षिक उत्सव तथा रजत जयन्तीको उपलक्षमा अपाङ्ग भएकाहरुलार्ई निःशुल्क ह्विलचियर तथा सहयोग सामग्री वितरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

भरतपुर महानगरपालिका अपाङ्गमैत्री महानगरपालिका निर्माणमा क्रियाशील रहेको बताउँदै कार्यक्रमकी प्रमुख अतिथि दाहालले अपाङ्ग समुदायको क्षेत्रमा सीप विकास, क्षमता विकास र सहज जीवनयापनमा सहयोग गर्न आवश्यक नीति निर्माण गरिसकेको बताइन् । 
उनले सो कार्यको लागि आवश्यक बजेटको व्यवस्था गरी कामहरु अगाडि बढाइरहेको बताइन् । 
भरतपुर महानगरपालिकाले अपाङ्गता परिचयपत्र वितरणको काम गत वर्षदेखि सुरु गरेको बताउँदै उनले आउँदा दिनहरुमा अझै व्यापक बनाउँदै लगिने बताइन् । 

भरतपुर महानरपालिका उपप्रमुख एवम् सामाजिक विकास समिति संयोजक पार्वती शाह ठकुरीले  हुइलचियर, सेतोछडी तथा बैसाखी प्राप्त गर्नेहरुको जीवनयापन केही हदसम्म सहज हुने अपेक्षा राख्दै सहयोगी हातहरुलाई धन्यवाद दिइन् । 

राष्ट्रिय अपाङ्ग पुनःस्र्थापना समाजका उपाध्यक्ष सुधम भट्टराईले  समाजले देशका सबै जिल्लाहरुमा हालसम्म ७२ हजारभन्दा बढी हुइलचियर, ट्राइसाइकललगायत सीपमुलक तालिम तथा सहयोग गर्ने गरेको बताउँदै दाताहरुको सहयोगबाट यस्तो सहयोग गरेको बताए । 

कार्यक्रममा चितवनका सातै स्थानीय तहका १०० अपाङ्ग तथा सहयोगीहरु सहभागी थिए भने सो अवसरमा ह्विलचियर ७० थान सेतो सडी सात, र बैसाखी १३ थान वितरण गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप