नायिका काजल अग्रवाल आमा बुवाले रोजेको युवकसँग विवाह गर्दै
दक्षिण भारतीय सिनेमाकी चर्चित नायिका काजल अग्रवाल विवाह गर्दैछिन् । हालै उनले एक अन्तरवार्तामा आफ्नो विवाहबारे खुलेर कुरा गरेकी छिन् । उनको विवाहको सबैभन्दा रोचक पाटो के हो भने उनी ‘अरेन्ज म्यारिज’ गर्दैछिन् । अर्थात्, उनले आमा–बुवाले छानेको युवकसँग विवाह गर्दैछिन् ।
सिंघमबाट अजय देवगनसँग बलिउडमा एन्ट्री गर्ने काजल अग्रवालका बलिउडमा पनि धेरै फलोवर छन् । करिब दुई वर्षदेखि उनको विवाहबारे विभिन्न चर्चा परिचर्चा हुँदै आएको छ । तर काजलले आफू फिल्म इन्डिष्ट्रिका कोही पनि व्यक्तिसँग विवाह गर्ने मुडमा नभएको बताएकी थिइन् ।
‘मगधीरा’ नायिकाले साउथका करिब सबै नायकसँग काम गरेकी छिन् । तर कहिले पनि कुनै अभिनेतासँग उनको गम्भीर अफेयर रहेन । काजलले एकपटक भनेकी थिइन्, ‘सुरुवाती दिनमा मेरो एकजना व्यक्तिसँग अफेयर थियो तर उनी फिल्मी क्षेत्रसँग सम्बन्धित थिएनन् । पछि जब म काममा व्यस्त हुन थालेँ तब हामीबीच दुरी बढ्न थाल्यो । त्यसपछिदेखि म लगातार काममा नै ध्यान दिइरहेकी छु ।’
यद्यपि, अब काजलले अर्को वर्ष अर्थात् २०२० मा उनी प्रणय सूत्रमा बाँध्ने स्पस्ट पारिसकेकी छिन् । मिडिया रिपोर्टका अनुसार उनी एक व्यापारीसँग विवाह गर्दैछिन् ।
काजलले आफ्ना श्रीमान् पोजेशिव, केयरिङ र आत्यात्मिक हुनुपर्ने बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
-
७.३ प्रतिशत आर्थिक विकासको लक्ष्य पूरा हुँदैन: प्रकाशशरण महत
-
प्रचण्डविरुद्ध खनिए बाबुराम–'चुनाव क्षेत्र छोडेर निस्वार्थ सहयोग गरेँ,अहिले मविरुद्ध अशोभनीय हर्कत गर्दै छन्'
-
१६ औँ पञ्चवर्षीय योजनामा आर्थिक समृद्धिका आधारभूत तत्त्व पहिलो प्राथमिकतामा पर्नुपर्छ: पूर्व अर्थमन्त्री खतिवडा
-
साइबर ब्यूरोले सोधपुछ गरेको युवकले सिटामोल खाएको पुष्टि
-
विश्व ट्रायथलन महासंघकी अध्यक्ष नेपालमा