शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सन्तुलित परराष्ट्र नीतिकै कारण नेपालप्रति विदेशी आकर्षण बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

‘सार्कको विकल्प विमेस्टक हुन सक्दैन’
सोमबार, १८ कात्तिक २०७६, १३ : ०८
सोमबार, १८ कात्तिक २०७६

काठमाडौँ । नेपाल सरकारले छिमेकी देश तथा अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई सन्तुलित र व्यवस्थित बनाउँदै लगेको दावी गरेको छ । सन्तुलित परराष्ट्र नीति अपनाएकै कारण पछिल्लो समय नेपाल र अन्य देशबीच उच्चस्तरीय भ्रमणहरु हुने गरेको, लगानीको वातावरण बनेको र आर्थिक सूचकहरु सकारात्मक सङ्केततर्फ अघि बढको सरकारी दावी छ । 

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको स्वतन्त्र अस्तित्वको पहिचान कायम गर्दै अन्तर्राष्ट्रिय समुदायसँगको सम्बन्धलाई विस्तार गर्नु वर्तमान सरकारको सफलता भएको समेत बताएका छन् ।

सोमबार प्रमुख सञ्चारमाध्यमका सम्पादकहरुसँग अनौपचारिक छलफल गर्दै मन्त्री ज्ञवालीले कुनैपनि देश आकारमा सानो ठूलो भएपनि सर्वभौमसत्ता समान हुने र त्यही अनुसार नेपालले परराष्ट्र नीति अङ्गालेको बताए ।

‘नीतिगत स्पस्टता, सहभागितामा वृद्धि र संस्थागत सुदृढिकरण प्राथमिकतामा राखेर हामीले हाम्रो परराष्ट्र नीतिलाई अगाडि बढाएका छौँ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘भारत र चीनसँगको सम्बन्धलाई मात्रै होइन हामीले ति बाहेक अन्य देश सँगको सम्बन्धलाई पनि महत्त्व र आवाश्यक्ताअनुसार अगाडि बढाएका छौँ ।’

उनले सबै मित्र राष्ट्रहरुको नेपाल सहयात्री हुन चाहेको र सबैसँगको सम्बन्ध राम्रो बनाउन लागिरहेको बताए । ‘हामी कसैसँग पनि कित्ताकाट गर्न चाहादैनौँ । हाम्रो आर्थिक विकासमा अनुकुल हुने सम्बन्ध विस्तार कसरी गर्न सकिन्छ भनेर हामीले ध्यान दिएका छौँ,’ मन्त्री ज्ञवालीको भनाइ छ ।

फाइल फोटो

मन्त्री ज्ञवालीले नेपालले शान्ति प्रकृयामा अपनाएको नेपाली मौलिकतासँगै अन्तर्राष्ट्रिय समुदायको नेपालप्रतिको आकर्षण बढ्दो रहेको र लगानीका लागि धेरैले चाहाना राखेको बताए । उनले विदेशी लगानी भित्र्याउन केही कठिनाइहरु रहेको स्वीकार्दै त्यसलाई सहज बनाउने प्रयासमा सरकार लागिपरेको बताए ।

मन्त्री ज्ञवालीले हालै नेपालमा चिनियाँ राष्ट्रपति सी जिनपिङले गरेको भ्रमणले नेपाल विश्वमा चिनिएको तथा त्यसक्रममा भएका सहमति र सम्झौताले देश विकासमा ठूलो महत्त्व राख्ने बताए ।

*****

उनले सीको नेपाल भ्रमण र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउने वित्तिकै सी विचारधारा नेपाल आयो र लागु नै भयो भनेर कतिपयले चिन्ता र चासो प्रकट गरेपनि त्यसमा सत्यता नरहेको बताए । ‘माओवाद छोडेको पार्टीले ‘सी वाद’ लिन सक्दैन,’ मन्त्री ज्ञवालीको जवाफ थियो ।

*****

उनले सीको नेपाल भ्रमण र चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरु नेपाल आउने वित्तिकै सी विचारधारा नेपाल आयो र लागु नै भयो भनेर कतिपयले चिन्ता र चासो प्रकट गरेपनि त्यसमा सत्यता नरहेको बताए । ‘माओवाद छोडेको पार्टीले ‘सी वाद’ लिन सक्दैन,’ मन्त्री ज्ञवालीको जवाफ थियो ।

चीन र भारतसँगको सम्बन्धबारे सोधिएको प्रश्नमा उनले कुटनीतिक जवाफ दिए । उनले भने, ‘भारतसँगको सम्बन्धलाई अर्को देशसँगको सम्बन्धले विस्थापित गर्न सक्दैन ।’

त्यस्तै उनले चीनले अघि सारेको वीआरआई परियोजनामा नेपालको सहभागिता र अमेरिकाले सहयोग गर्ने भनिएको ‘एमसीसी’बारे आएका बाहिरी प्रतिकृयाहरु सतही भएको टिप्पणी गरे । ‘एमसीसी संसदबाट पास हुन्छ,’ उनले भने ।

मन्त्री ज्ञवालीले सार्कको विकल्प विमेस्टक हुन नसक्ने पनि प्रस्ट पारे । सार्क सम्मेलनबारे छलफल जारी रहेकाले त्यसका लागि नेपालले आफ्नो तर्फबाट पहल जारी राखेको उनको भनाइ छ ।

फरक प्रशङ्गमा मन्त्री ज्ञवालीले राजदुत नियुक्ति गर्दा मापदण्ड बनाइएको र त्यही मापदण्डका आधारमा नियुक्ति गर्ने गरिएको भन्दै न्युनतम कुटनीतिक मर्यादाभित्रै रहेर विदेशीसँगको भेटघाट हुने गरेको समेत बताए । उनले अन्य देशहरुमा नेपाली दुतावास कहाँकहाँ राख्ने वा नराख्ने भन्नेमा कार्यदलको सुझावका आधारमा अघि बढ्ने सरकारको तयारी रहेको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप