शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा सबै टीमले अब ११ को साटो १५ खेलाडी उतार्न सक्ने

मङ्गलबार, १९ कात्तिक २०७६, १३ : ०७
मङ्गलबार, १९ कात्तिक २०७६

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) लाई अझै रोचक बनाउन लिगमा चाँडै पावर प्लेयरको नयाँ अवधारणा हेर्न पाउन सकिनेछ ।

नयाँ अवधारणा अन्तरगत टीमले ११ खेलाडी नभएर १५ खेलाडी मैदानमा उतार्न सक्नेछन् । यसमा कुनै पनि खेलाडीले कुनै पनि दोस्रो खेलाडीलाई खेलको कुनै पनि मोडमा रिप्लेस गर्न सक्छन् । सामान्य रुपमा टीमको कुनै पनि विकेट झरेपछि वा ओभर सकिएपछि खेलाडीलाई सब्टिच्युट गर्न पाउँछन् ।

अहिले यो नियमको प्रस्ताव बीसीसीआईका वरिष्ठ अधिकारीहरुसामु राखिएको छ । भारतीय मिडियाका अनुसार उनीहरुलाई यो प्रस्तावना मन मरेको छ ।

अब यो आईपीएलको नियामक टोलीका सामुन्ने राख्न बाँकी छ । मंगलबार मुम्बईस्थित बीसीसीआईको मुख्यालयमा मिटिङ हुने बताइएको छ । यसमा पावर प्लेयरको अवधारणामाथि छलफल हुनेछ । सहमति भए आगामी सिजन यो नियम लागू हुन सक्ने सम्भावना रहेको छ ।

बीसीसीआईका एक वरिष्ठ पदाधिकारीले यो नियम सम्झाउँदै भने, ‘यदि यो नियम लागू भयो भने टोलीले खेलभन्दा अघि प्लेइङ ११ नभएर प्लेइङ १५ को घोषणा गर्नेछ । अब सोच्नुहोस् कुनै टोलीलाई अन्तिम ओभरमा २० रन आवश्यक छ । १९ औँ ओभरको अन्तिम बलमा कुनै विकेट झर्छ, टोली अन्तिम ओभरमा खेल्न आन्द्रे रसललाई उतार्छ र खेल जिताउँछन् भने यो कनि रोमाञ्चक हुनेछ आफै सोच्नुहोस् ।’

यदि मङ्गलबार हुने भनिएको बैठकमा पावर प्लेयरका लागि सहमति बने यसलाई पहिले सैयद मुश्ताक अली ट्रफीमा लागू गरिनेछ । त्यहाँबाट यो नियम आइपीएलमा लागू गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप