बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गण्डकी प्रदेश प्रमुख शेरचनले गरे पदभार ग्रहण

बुधबार, २० कात्तिक २०७६, १७ : २४
बुधबार, २० कात्तिक २०७६

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले पदभार ग्रहण गरेका छन् । बुधबार, पदभार ग्रहरण गर्दै शेरचनले वर्तमान समयमा देखिएका संकट निवारणका लागि समझदारी र सहमतिमार्फत भूमिका खेलेर केही न केही सहयोग पु¥याउनसक्छु भनेर पद स्वीकार गरेको बताए ।

सम्पूर्ण नेपाली जनता, राजनीतिक दल, तत्कालीन आन्दोलनमा सहभागी सबै सहयात्रीको समझ्दारी र सहमतिमा मुलुकको सार्वभौमिकता जोगाउन सकिने उनले उल्लेख गरे । देशमा देखिएका सबै समस्या हल गर्न सबै नेपाली एकजुट हुनुपर्ने उनको धारणा छ । यसअघि गण्डकी प्रदेश प्रमुखको जिम्मेवारीमा बाबुराम कुँवर थिए । सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई कात्तिक १८ मा पदमुक्त गरेपछि गण्डकी प्रदेश प्रमुखमा उनी नियुक्त भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप