शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ललितपुर महानगरद्वारा सम्पदासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन गर्ने घोषणा

बुधबार, २० कात्तिक २०७६, १९ : ३५
बुधबार, २० कात्तिक २०७६

काठमाडौं । ललितपुर महानगरपालिकाले सम्पदासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ ।  ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बुधबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै जिल्लामा रहेका कला र संस्कृतिहरुको संरक्षण गर्न आवश्यक सुझाव लिने उद्देश्यले अन्तराष्ट्रिय स्तरको सम्पदा सम्मेलन गर्ने योजना तय गरिएको जानकारी दिएका हुन् ।

सिटीनेट नामक महानगरपालिकाहरुको अन्तर्राष्ट्रिय स्तरको नेटवर्कको कार्यकारी सदस्य समेत रहेको ललितपुर महानगरपालिकाको संयोजनमा ३८ औं कार्यकारी समितिको मिटिङ पनि सुरु भएको छ । बैठकमा नगर विकासका विभिन्न अवधारणाबारे छलफल भइरहेको पनि मेयर महर्जनले जानकारी दिए ।

ललितपुर महानगरपालिका सो नेटवर्कको कार्य समितिमा निर्वाचित भएपछि त्यसको कार्यकारी समितिको बैठक नेपालमा आयोजना गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप