दाङमा नेकपा र काँग्रेससहित १४ जना उम्मेद्वारको मनोनयन दर्ता
बुटवल– दाङ क्षेत्र नम्बर ३ को (ख) बाट प्रदेशसभा सदस्यका लागि दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली काँग्रेस लगायतका दलहरुबाट उम्मेद्वारहरुले आज उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपाको तर्फबाट विमला ओली र नेपाली काँग्रेसका उम्मेदवार केशव आचार्यले उपचुनावको छन्लागि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी राप्रपाको तर्फावाट भुपाल रावत, साझा पार्टीका तर्फबाट शिवकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्त छोटिलाल थारु, नेकपा मालेवाट हरिप्रसाद डाँगि, समाजवादी पार्टीबाट डिल्लिबहादुर डाँगी, मंगोल नेशनल पार्टीवाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीवाट झरेन्द्रबहादुर खत्री, नेका (विपी)बाट दीपककुमार धिताल तथा स्वतन्त्रबाट गोविन्द विसी र टिकाराम आचार्यले पनि उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मंसिर १४ गते हुने निर्वाचनमा दलहरूले आ–आफ्नो जित सुनिश्चित रहेको दावी सहित चुनावी प्रचारप्रसार थालेका छन । २०७५ साल माघ १६ गते घोराही लमही सडक खण्डको चिसापानीमा भएको सडक दुर्घटनामा परी गम्भिर घाइते भएर उपचारका क्रममा प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको थियो । वलीको निधन पछी प्रदेशसभा सदस्य पद रिक्त हुन पुगेको हो । सोही रिक्त प्रदेशसभा सदस्यका लागि उपचुनाव हुन थालेको हो ।
तामझाम सहित मनोनयन दर्ता
उम्मेदवारी दर्ता गर्न दलबलका साथ उम्मेदवारहरु मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न पुगेका थिए । पञ्चेबाजासहित नाचगान गर्दै समर्थक सहित उम्मेदवारहरु निर्वाचन कार्यालयमा पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ