शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. केसीलाई प्रादेशिक अस्पताल रेफर गर्ने तयारी, स्वास्थ्य अवस्था दिनदिनै कमजोर बन्दै

आइतबार, २४ कात्तिक २०७६, १७ : ५५
आइतबार, २४ कात्तिक २०७६

डडेल्धुरा । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसी १७ औं अनशनमा बसेको आइतबार सात दिन पुगेको छ । अनशनकै क्रममा स्वास्थ्य अवस्था दिनदिनै बिग्रदै गएपछि उनलाई प्रादेशिक अस्पताल रेफर गर्ने तयारी गरिएको छ । 

हाल डडेल्धुरा अस्पतालमा भर्ना गरिएका उनको पिसाबमा क्रियटिनिन बढेको, चिनीको मात्रा घट्दै गएको, शरीरमा पानीको मात्रा घटेको र कमजोर हुँदै गएको चिकित्सकहरुको भनाइ छ । स्वास्थ्य अवस्था निकै कमजोर भएपछि उनलाई स्लाइन चढाइएको छ । 

उपलब्ध स्रोत–साधनबाट उपचार भइरहे पनि डा. केसीको स्वास्थ्य अवस्थामामा सुधार नआएपछि उनलाई प्रदेशिक अस्पताल, धनगढीमा रेफर गर्ने तयारी भइरहेको डडेल्धुरा अस्पतालका प्रमुख चिकित्सक जितेन्द्र कँडेलले बताए । उपचारको लागि उपर्युक्त साधनको अभावको कारण उनलाई रेफर गर्नुपरेको उनको भनाइ थियो ।

डा.केसीको रक्तचापमा कमी आएको र मुटुको चालमा पनि समस्या आएकोले छिटै सुविधासम्पन्न अस्पताल रेफर गर्नुपर्ने उनले बताए । अनशन बसेको ५ औं दिन (शुक्रबार) स्वास्थ्यमा समस्या देखिएपछि उनलाई  डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो ।

सरकारी सवारी सञ्चालनमा रोक, एक घण्टा बजार बन्द 
डा. केसीको समर्थनमा डडेल्धुरामा आइतबार आठ घण्टा सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो भने एक घण्टा बजारसमेत बन्द गरिएको थियो ।

आइतबार बिहानदेखि सरकारी नम्बर प्लेट भएका सवारी साधन सञ्चालनमा रोक लगाइएको डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले जानकारी दिए । 

त्यस्तै, उद्योग वाणिज्य संघको नेतृत्वमा सदरमुकाम बागबजार क्षेत्रमा दिउँसो १ः३० बजेदेखि २ः३० सम्म एक घण्टा पसल बन्द गरिएको थियो ।

डडेल्धुरामा अनशनरत डा. केसीको समर्थनमा जिल्लामा दैनिक विभिन्न कार्यक्रमहरु हुँदै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप