शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कालापानी सीमा विवाद : हामीसँग बलिया प्रमाण छन्

सोमबार, २५ कात्तिक २०७६, ०६ : २३
सोमबार, २५ कात्तिक २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताएका छन् । 

पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पारे ।

नेता खनालले गोरखापत्र संवादका लागि आइतबार भने, “लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो भन्नेमा कुनै विवादै हुन सक्दैन । त्यसका थुप्रै प्रमाण छन् । ” उनले सीमा नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलवायु विज्ञान) अध्ययनमार्फत किनारा लगाउन सकिने बताए ।
 
नेता खनालले कालापानी समस्या समाधानका लागि पहिलो चरणमा सरकारले ‘पोजिसन पेपर’ तयार पार्नुपर्नेसमेत बताए । उनले छिमेकी देशहरूसँग नेपालको सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै सिमानालाई अन्तर्रा्ष्ट्रिय अभिसन्धि र कानुनअनुसार व्यवस्थित बनाइनुपर्नेमा जोड दिए । उनले भने, “दसगजा भनेको ‘नो मेन्सल्यान्ड’ हो । कसैले दुरुपयोग गर्न पाउँदैन । तर हाम्रा कैयौँ ठाउँमा दसगजामा समस्या देखिएका छन् । त्यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने छ । ” यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप