केन्द्रीय संस्करण

यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटमा नेपालको लज्जास्पद हार

person explore access_timeकात्तिक २५, २०७६ chat_bubble_outline0

काठमाडौं । भारतमा जारी यू–१९ च्यालेन्जर्स एकदिवसीय क्रिकेटको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ । 

हैदरवादमा सोमबार भएको पहिलो खेलमा नेपाल भारतको भारत ‘सी’ सँग १० विकेटले पराजित भयो । 

जिमखाना मैदानमा नेपालले दिएको एक सय १५ रनको सामान्य लक्ष्य भारतले २२.१ ओभरमा बिना विकेटको क्षतिमा पुरा गरेको थियो । भारतका लागि अर्जुन अजादले ६७ रन बनाए । 

दिभ्यनास अजय कुमार सक्सेनाले अविजित ५२ रन बनाए । यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२.१ ऋोभरमा सवै विकेट गुमाएर  एक सय १४ रन बनाएको थियो । नेपालका कुशल मल्लले सर्वाधिक २६ रन बनाए ।

 शेर मल्लले १४, अरुण ऐरीले १३ र प्रतिष जिसीले ११ रन बनाए । जनेपाललाई सस्तैमा समेट्न भारतका विद्याधर पाटिल, राक्षन, सुभाङ हेज, मुज्ताबा युसुफ र रबी रोशनले दुई दुई विकेट लिए ।

 भारतले आयोजना गरेको सिरिजमा नेपालसहित भारतको ‘ए’, ‘बी’ र ‘सी’ टोलीले भाग लिएका छन् । अब नेपालले दोस्रो खेलमा बुधबार भारत ‘ए’ र अन्तिम खेल शुक्रबार भारत ‘बी’ सँग खेल्नेछ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.