बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल क्लियरिङ्ग हाउस एजीएमः ३८% बोनस शेयर वितरण गर्ने, नाफा २३ करोड भन्दा बढी

मङ्गलबार, २६ कात्तिक २०७६, १२ : ५६
मङ्गलबार, २६ कात्तिक २०७६

काठमाडौं– नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले आफ्नो आठाँै वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले कम्पनीको चुक्ता पूँजी २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी २९.८ करोड पुर्याउने निर्णय गरेको छ । 

साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २% नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आ.व. २०७५÷७६ मा कम्पनीले खुद नाफा २३ करोड ७७ लाख ३५ हजार ७ सय ८६ गरेको छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ ।  

नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक (पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

आ.व.२०७५/७६मा एनसीएचएल–ईसीसीमार्फत कुल ११ करोड ७ लाख ५५ हजार ७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीबाट ४ करोड ९ लाख ३१ हजार ९ हजार ५० तथा कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत १ लाख ८६ हजार ४१ भुक्तानी कारोबारहरु भएको थियो । 

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५÷७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७ हजार ४ सय ७९ रहेको थियो जुन औसत दैनिक रकम ३६.८५ अर्ब रहेको थियो । 

हाल ८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५ हजार ३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर–बैंकिङ्ग संस्थाहरु इनडाइरेक्ट÷टेक्निकल मेम्बरको रुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक (१०%), बैंक तथावित्तीय संस्थाहरु (८०%) र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. (१०%)द्वारा प्रवद्र्धित कम्पनी हो । 

यसले नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना र विस्तार गर्नुका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, पीएसओ, पीएसपी, सरकारी तथा गैर सरकारी निकायहरुलाई भुक्तानी प्रणालीका सेवाहरु प्रदान गर्दै आएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप