बाघको आक्रमणबाट एक हप्तामा २ जनाको मृत्यु, स्थानीयहरु त्रसित
बुधबार, २७ कात्तिक २०७६, ११ : ५२
बुटवल । बाँकेमा एक हप्ता बाघको आक्रमणबाट दुई जनाको ज्यान गएको छ ।
जिल्लाको राप्ती–सोनारी–८ मा रहेको शिवशक्ति सामुदायिक वनमा पर्ने डप्का खोलामा घाँस काट्न गएकी बालापुरकी ६० वर्षीया ठगी खड्काको मङ्गलबार पाटे बाघको आक्रमणबाट ज्यान ज्यान भएको छ ।
यसअघि आइतबार पनि बाँकेको कोहलपुर नगरपालिका १३ खर्कबार नयाँबस्तीका ७५ वर्षीया काली बस्नेतको जङ्गलमा घाँस काट्न गएका बेला पाटेबाघको आक्रमणमा परि मृत्यु भएको थियो ।
दिनदहाडै बाघको आक्रम्रण बढेपपछि स्थानीयहरु त्रसित बनेका छन् ।
यी घटनापछि बाघलाई नियन्त्रणमा लिन प्रहरी टोली परिचालन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेम शाहीले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा