शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको तिलोत्तमामा १५ शैयाको अस्पताल बन्ने

बिहीबार, २८ कात्तिक २०७६, १७ : ०७
बिहीबार, २८ कात्तिक २०७६

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ सालघारीस्थित आनन्दवन स्वास्थ्य चौकी १५ शैयाको अस्पतालका रुपमा स्तरोन्नति हुने भएको छ । 
स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नतिका लागि वडा नम्बर ६ र तिलोत्तमा नगरपालिकाले निर्णय गरी स्वास्थ्य मन्त्रालयको योजना महाशाखामा फाइल पठाइसकेका छन् । 

स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नति गर्न रुपन्देही २ का प्रतिनिधि सभा सदस्य एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले समेत प्रतिवद्धता जनाएका छन् । 

 पौडेलले आज स्वास्थ्य चौकीको स्थलगत निरीक्षण गरी अस्पताल बनाउन आफूले सम्बन्धित मन्त्रालयमा पहल गर्ने भन्दै ढुक्क बन्न आग्रह गरे । 

‘आनन्दवन स्वास्थ्य चौकी अब १५ शैयाको अस्पताल बन्छ, तपाईँहरु ढुक्क हुनुस्’–पौडेलले भने –‘यसका लागि मैले सरकार र मन्त्रालयमा कुरा पु¥याउँछु ।’ 

सांसद पौडेलले खोलामुनि चट्टान परेकाले रोकिएको गोरकट्टा–मोतिपुर पुल अब शुरु हुने र तिनाउ दानव कोरिडोर सडक पनि बन्ने क्रममा रहेको बताए । 
तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले हरेक वडामा कम्तिमा एउटा स्वास्थ्य संस्था पु¥याउने नगरपालिकाको नीति रहेको बताए ।
स्वास्थ्य चौकीको १० कठ््ठा जग्गा रहेकाले अस्पतालमा स्तरोन्नतिका लागि पहल गरिएको चौकीका प्रमुख ज्ञानप्रसाद पौड्यालले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप