शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

तनहुँमा करेन्ट लागेर २ जनाको मृत्यु

बिहीबार, २८ कात्तिक २०७६, १८ : १६
बिहीबार, २८ कात्तिक २०७६

तनहुँ– करेन्ट लागेर तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेमा आज दुई जनाको मृत्यु भएको छ । निर्माणाधीन जामुने स्वास्थ्यचौकीको भवनमा काम गर्दै गरेको अवस्थामा करेन्ट लागेर दुई भारतीय नागरिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २२ वर्षीय आजाद आलम र २५ वर्षीय सागर आलम रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्वास्थ्यचौकी भवनमा मार्बलको काम गर्ने क्रममा विद्युत् शर्ट भएर उनीहरुलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।  दुवैको शव दमौली अस्पतालमा राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप