शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका चोपडा र निक जोनसले किने १४४ करोडको घर, आमा मधु चोपडाले गरिन् पुष्टि

शुक्रबार, २९ कात्तिक २०७६, १३ : ११
शुक्रबार, २९ कात्तिक २०७६

बलिउड नायिका प्रियंका चोपडा र अमेरिकी गायक निक जोनसले अमेरिकाको लस एन्जेलिसमा १४४ करोड भारुको घर खरिद गरेका छन् । प्रियंका र निकले २० हजार वर्ग फिटको सम्पत्ति खरिद गरेको र यसका लागि उनीहरुले १४४ करोड भारु खर्च गरेको बताइएको छ । उनीहरुको यो आधुनिक घरमा सात बेडरुम, ११ बाथरुम, अग्लो छत र पर्याप्त खुल्ला स्थान छ । यसको पुष्टि प्रियंकाकी आमा मधु चोपडाले गरेकी हुन् ।

यी दुईले सन् २०१८ मा विवाह गरेका थिए । एक अन्तर्वार्तामा प्रियंकाले घर खरिद गर्नु र आमा बन्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप