शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुवेतसँग खेल्ने नेपाली टोलीको घोषणा

शुक्रबार, २९ कात्तिक २०७६, १४ : ०७
शुक्रबार, २९ कात्तिक २०७६

काठमाडौं– नेपालले भुटानको थिम्पुका कुवेतसँग खेल्न लागेको फिफा विश्वकप छनोट खेलका लागि  राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार टोलीको घोषणा गरेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते थिक्पुमा छनोट खेल खेल्दैछ । यसअघि दशथ रंगशालाका लागि तय भएको नेपालको होम गेम रंगशालाको निर्माणले पूर्णता नपाएपछि थिम्पुमा हुन लागेको हो ।

विश्वकपमा नेपाल समूह ‘बी’ मा छ । यस समूहमा नेपाल सहित कुवेत, जोर्डन, अष्ट्रेलिया र चाइनेज ताईपेई रहेका छन् । नेपाल पहिलो खेलमा कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । नेपालसँग खेल्नुअघि बिहिबार राति कुवेतले चाइनेज ताइपेईलाई ९–० गोलले पराजित गरेको छ । समूहको शीर्ष स्थानमा रहेको अष्ट्रेलियाले बिहिबार रातिनै जोर्डनलाई १–० गोलले हराएको छ ।

नेपाली टोली
गोलरक्षक :  किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ

रक्षक : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल र सुमन अर्याल

मिडफिल्डर :  रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, बिक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र मिक्छेन तामाङ

स्ट्राईकर : भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अभिशेक रिजाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप