कटारीमा यामाहाले संचालन गर्यो आफ्नो नयाँ शोरुम

काठमाडौं – नेपालमा सर्वाधिक बिक्री हुने बाइक यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरुको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यका साथ यही कार्तिक २७ गतेबाट कटारीमा आफ्नो एक नयाँ शोरुम संचालनमा ल्याएको छ ।
सन्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरुम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरु उपलब्ध हुनेछन्, जसले गर्दा ग्राहकहरुले बाइक छनौट गर्ने धेरै विकल्पहरु पाउनेछन् ।
शोरुमको उद्घाटन प्रमुख अतिथि एवं चर्चित अभिनेत्री प्रियँका कार्कीबाट भएको थियो भने साथमा अन्य चिरपरिचित अतिथिहरु जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीम कुमारी पन्त, बजाज शोरुम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।
ग्राहकहरुलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरककहाँबाट यामाहा बाइक खरीद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरुमको संचालन गरिएको छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स ९सेल्स, सर्भिस र स्पेयर पार्टस्० का साथ साथै फाइन्यानस र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ ।
बिक्री प्रमुख, प्रकाश बाबु देवकोटाले भने, ‘कटारीमा यामाहाको उच्च शृँखलाका मोटरबाइकहरु प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित पनि भएका छौं । हाम्रो यो नयाँ शोरुमको संचालनसँगैं हाम्रा ग्राहकहरुलाई यामाहा श्रेणीको सेवा प्रदान गर्न पाउनेमा हामी ढुक्क भएका छौं ।’
नेपालमा यामाहा बाइकहरु अत्यन्त विश्वसनीय बाइक मानिन्छन् । यसले उच्च कार्यक्षमता, अधिक माइलेज, सुधारिएको पिक–अप, सजिलो मर्मतसम्भार र धेरै समय टिक्ने ब्याट्री सहितको फ्युल इन्जेक्सन (एफआइ) र ए.बि.एस टेक्नोलोजी जस्तो अत्याधुनिक नवीनतम इन्जिन प्रविधि प्रस्तुत गरेकोले यो कम्पनी भरपर्दो कम्पनी बन्न पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले व्यापार उद्योग गर्ने होइन : सभापति देउवा
-
समाज असहिष्णुतातिर अघि बढ्दैछ : दीपकराज गिरी
-
‘शिक्षक आन्दोलनमा सरकारले घुसपैठ गराएर दमन गर्यो’
-
शिक्षकहरूको माग सम्बोधनका विषयमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ: सूर्य थापा
-
असन्तुष्टिको कारोबार नगरौँ : महामन्त्री थापा
-
एनआरएनए महाधिवेशनसम्बन्धी मुद्दा 'हेर्न नमिल्ने'