शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिक निराश हुनुहुँदैनः नेता नेपाल

शनिबार, ३० कात्तिक २०७६, १८ : ०४
शनिबार, ३० कात्तिक २०७६

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले निराश नहुन सबै नागरिकलाई आग्रह गरेका छन् । 

पूर्व प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले असल समाज निर्माणका लागि आशावादी हुनैपर्ने बताए । 

उनले साहित्यकारहरुलाई सुन्दर समाज निर्माणका लागि प्रेरित गर्नेखालका साहित्यिक कृतिहरुको रचना गर्न पनि आग्रह गरे । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा साहित्यकार संविदा वाग्लेद्धारा लिखित ‘नवपल्लव’ र अर्की साहित्यकार उषा थपलियाद्वारा लिखित ‘नारी, तिमी हारेकी छैनौं’ नामक पुस्तकको एकसाथ लोकार्पण गर्दै उनले सुन्दर समाज निर्माणका लागि साहित्यिक रचनाहरुले पनि प्रेरित गर्नुपर्ने आवश्यकता औंल्याए ।

त्यस अवसरमा वरिष्ठ नेता नेपालले समाजमा सकारात्मक योगदान पु¥याउने गरी साहित्यिक कृतिहरुको सृजना गरेको भन्दै साहित्यकारद्वय संविदा वाग्ले र उषा थपलियाप्रति आभार पनि व्यक्त गरे । 

नेता नेपालले समाजमा विध्वंश मच्चाउने खालका कुनै पनि गतिविधि हुन नदिन साहित्यिक रचनाहरुले उत्पेरक तत्वको भूमिका निर्वाह गर्नुपर्ने पनि बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप