प्रधानमन्त्री ओलीको गरियो तेस्रोपटक डायलसिस
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबार तेस्रो पटक डायलसिस गरिएको छ । उनले ग्रान्डी अस्पतालमा तेस्रो पटक होमोडायलसिस गराएको अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिब्या सिंह शाहले जारी गरेको संयुक्त वक्तव्यमा उल्लेख छ।
मिर्गौलामा राम्रोसँग काम नगरेपछि सोही अस्पतालमा यसअघि कात्तिक १३ गते प्रधानमन्त्री ओलीको पहिलो पटक डायलासिस गरिएको थियो । फेरि कात्तिक १४ गते दोस्रो डायलासिस गरिएको थियो ।
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। उनी उपचारपछि शनिबार नै निवास फर्कने अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
१२ वर्षअघि प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न छाडेपछि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो। त्यो मिर्गौला पनि अहिले कमजोर भएर समस्या हुने गरेको छ।
यस्तो छ विज्ञप्ती
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ
-
५२० मिटर सडक खनेर झण्डै ३९ लाख भ्रष्टाचार, ९ जनाविरुद्ध मुद्दा