एनआईसी एशिया बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लियो
काठमाडौं। एनआईसी एशिया बैंक पहिलो त्रैमाशमै अर्बपति क्लबमा उक्लिएको छ। बैंकले गत वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशतले नाफा बढाएको हो। असोज मसान्तसम्मको अवधिमा बैंकले एक अर्ब रुपैयाँ नाफा गरेको जनाइएको छ ।
असारदेखि अहिलेसम्म बैंकको निक्षेप संकलन १.३६ प्रतिशत मात्रै बढेको छ । बैंकले यो अवधिमा ८.१५ प्रतिशतले कर्जा विस्तार गरेको छ। त्यस्तै बैंकले तीन महिनाको अवधिमा १ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ५४ अर्ब रुपैयाँ ऋण लगानी गरेको जनाएको छ भने नाफामा उल्लेख्य सुधार देखिए पनि व्याज खर्च अधिक हुँदा खुद व्याज आम्दानी भने १.२२ प्रतिशतले घटेको जनाएको छ । यस्तो आम्दानी एक अर्ब ८४ करोड रुपैयाँ छ। गत वर्ष एक अर्ब ८६ करोड रुपैयाँ थियो।
चुक्ता पूँजी ९ अर्ब ७१ करोड रहेको बैंकको जगेडा कोषमा चार अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। निक्षेप तथा कर्जा विस्तारमा आक्रामक देखिएको बैंकले ऋणपत्र मार्फत पूँजीकोष अनुपातलाई सन्तुलन कायम गर्न सफल भएको छ।
बैंकको आधार व्याजदर १०.७७ प्रतिशतबाट घटेर ९.५१ प्रतिशतमा झरेको छ भने स्प्रेडदर ५.१० प्रतिशत छ। यो गत वर्षको भन्दा कम हो। बैंकले प्रतिशेयर आम्दानी ४० रुपैयाँ पुर्याएको छ भने एक वर्षमा चार रुपैयाँले प्रतिशेयर आम्दानी बढाएको जनाएको छ। चालू वर्षमा बैंकको पूँजी कोष अनुपात १२.०४ प्रतिशत रहेको छ भने गत वर्ष १२.४८ प्रतिशत थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती संसद्को हिउँदे अधिवेशन : खर्च ११ लाख, उपलब्धि शून्य
-
कर्णालीका मुख्यमन्त्रीले पाए विश्वासको मत
-
उपनिर्वाचनमा तीन चरणको सुरक्षा योजना
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी र बदमासी अन्त्य गर्न श्रम मन्त्रालयलाई निर्देशन
-
एमाले परित्याग गर्ने भीम रावलको संकेत, भने–एउटा घुम्तीमा पुगेँ