शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल घुम्न आएका ५ विदेशी पर्यटक भारतीय प्रहरीको फन्दामा

आइतबार, ०१ मङ्सिर २०७६, २१ : ५३
आइतबार, ०१ मङ्सिर २०७६

काठमाडौँ । झापाको सीमा क्षेत्रबाट नेपाल घुम्न आएका ५ जना विदेशी पर्यटकलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३ पुरुष र २ महिला रहेका छन् ।

झापाको कचनकवल गाउँपालिकास्थित सीमा क्षेत्र केचना क्षेत्रमा घुम्ने क्रममा बाटो बिर्सिएर सीमा नाघेका युक्रेनी नागरिकहरुलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा ३० वर्षीया मार्याना रुडिक, ३३ वर्षीय भोल्डिमेयर कोभाल्चुक, ३५ वर्षीया लिलिया कोभाल्चुक, ३५ वर्षीय ओलेक्जन्डर कोप्टिभ र २६ वर्षीय इभान सेच रहेका छन् ।

बाटो बिराएर नेपालको सीमा बाहिर पुगेका उनीहरुलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिएर स्थानीय सुखानी थानामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

पक्राउ परेका ५ जना १५ दिने भीषामा एकसाता अघि नेपाल आएका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप