शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुवेतसँग नेपाल पराजित

मङ्गलबार, ०३ मङ्सिर २०७६, १७ : ०५
मङ्गलबार, ०३ मङ्सिर २०७६

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबलको छनोट खेलमा नेपालले कुवेतसँग पराजित भएको छ । भुटानको थिम्बुमा मंगलबार भएको खेलमा नेपाल कुवेतसँग १–० गोलले पराजित भयो । कुवेतको जितमा कप्तान बदर अलमतवाले निर्णायक गोल गरे । बदरले २८ औं मिनेटमा गोल गरे । 

दशरथ रंगशालाको मैदान निर्माणले पूर्णता नपाएका कारण नेपालले न्युटल भेन्युको रुपमा भुटानमा घरेलु खेल खेलेको हो । नेपालले कुवेतविरुद्ध केही गोल गर्ने अवसर गुमाएको थियो । यसअघि कुवेतमा भएको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसहित कुबेत, जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेई छन् ।  नेपालले यसअघि चारवटै खेल खेलिसकेको छ । चार खेलमा नेपालले तीनवटा हार खेपेको छ । नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई २–० गोलले हराएको थियो ।

नेपाल तेस्रो खेलमा अस्ट्रेलियासँग ५–० गोलले पराजित भएको थियो । चौथो खेलमा नेपालले जोर्डनसँग ३–० गोलको हार खेपेको थियो । छनोट अन्तर्गत नेपालले अब बाँकी तीन खेल दशरथ रंगशालामा खेल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप