शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आईडीपी आईएलटीएसद्वारा अल्फाबिटा सम्मानित

बुधबार, ०४ मङ्सिर २०७६, १६ : ४१
बुधबार, ०४ मङ्सिर २०७६

काठमाडौं– शैक्षिक परामर्श क्षेत्रमा चर्चित अल्फा बिटा एजुकेशन कन्सल्टेन्सी पुरस्कृत भएको छ । 

आईएलटीएस परीक्षा संचालन गर्दै आएको ‘आईडीपीआईएल’ले ‘नेपाल्स नम्बर वान विजनेस पार्टनर’को रुपमा अल्फाबिटालाई पुरस्कारसहित सम्मान गरेको हो ।  

आईएलटीएस परीक्षामा सबैभन्दा धेरै विद्यार्थी अल्फाबिटाबाटै सहभागी हुने भएका कारणले उक्त पुरस्कार प्रदान गरिएको जनाएको छ । यसअघि सन् २०१७ र २०१८ मा पनि अल्फाबिटा यो पुरस्कारबाट सम्मानित भइसकेको छ । 

अल्फाबिटा नेपालमा पहिलो पटक ब्रिज कोर्स सुरुवात गर्ने संस्था हो । संस्थाले विगत २८ वर्षदेखि विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आएको छ । अल्फाबिटाले बैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै शैक्षिक मेलाहरु समेत आयोजना गर्दै आएको छ ।

अल्फाबिटाका अध्यक्ष तथा सीइओ द्विराज शर्माले संस्थाकोे गुणस्तरीय परामर्श र विद्यार्थीको आकर्षणले नै सम्मान प्राप्त भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप