मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

मातृका यादवले मन्त्रीक्वार्टर छाडे, सुरक्षाकर्मी भने फर्किन मानेनन्

बिहीबार, ०५ मङ्सिर २०७६, ०० : ००
बिहीबार, ०५ मङ्सिर २०७६

काठमाडौं । उद्योग तथा बाणिज्य तथा आपूर्ति मन्त्रीबाट विदाई भएको औपचारिक घोषणा हुनु अघिनै मातृका यादवले मन्त्री क्वाटर छाडेका छन् ।  यादव बुधबार अपरान्ह भक्तपुरको ठिमीस्थित चारदोबाटोमा सरेका हुन् । उनले सरकारले उपलव्ध गराएको गाडी समेत छाडेका छन् । 

मन्त्री क्वार्टर छाडेर चारदोबाटोमा बस्न थालेपनि सुरक्षाकर्मीले भने उनलाई सुरक्षा दिइरहेको जनाइएको छ । यादवले सुरक्षाकर्मीलाई समेत फिर्ता गर्न चाहेका थिए तर सेनाले माथिबाट निर्देशन नआएसम्म साथ छाड्न नमिल्ने भनेपछि सुरक्षाकमीहरु भने सँगै रहेको जनाइएको छ । यादवको प्रधानमन्त्री ओलीसँग पहिलादेखि टसल चलिरहेको थियो ।

प्रधानमन्त्री ओलीसँग टसल बढेपछि उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने पहिलादेखि नै सरकार छाड्ने चेतावनी दिँदै आएका थिए तर प्रचण्डले उनलाई रोक्दै आएका थिए । बुधबार साँझ प्रधानमन्त्री ओलीले उनी लगायत केही मन्त्रीहरुलाई विदा गरेर नयाँ मन्त्रीमण्डल पुनर्गठन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप