नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीको आज सपथग्रहण
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको मन्त्रिमण्डल पुनर्गठनमा अटाएका ९ नयाँ मन्त्री तथा राज्यमन्त्रीको बिहीबार सपथग्रहण हुँदैछ । राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ माधव शर्माले बिहान ११ बजेका लागि सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिए ।
केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा ६ मन्त्री र ३ राज्यमन्त्री गरी ९ जना नयाँ अनुहार आएका छन् ।
पुनर्गठित मन्त्रिमण्डलमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, पार्वत गुरुङ र बसन्तकुमार नेम्वाङ नयाँ मन्त्रीको रुपमा ओली क्याबिनेटमा नियुक्त भएका छन् । यस्तै मोतिलाल दुगड, नवराज रावत र रामवीर मानन्धरलाई ओलीले राज्यमन्त्री बनाएका छन् ।
यस्तै ओलीले चक्रपाणि खनाल, मातृका यादव, गोकर्ण विष्ट, थममाया थापा, लालबाबु पण्डित र रघुवीर महासेठलाई बिदाइ गरेका छन् । यस्तै राज्यमन्त्रीहरु धनबहादुर बूढा, रामकुमारी चौधरी र सुरेन्द्र कुमार यादव पनि बिदा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विद्यार्थीको व्यक्तिगत विवरण अनधिकृत रूपमा वितरण नगर्नू’
-
चीनबाट गेडा धनिया आयातमा रोक, ‘खपराज’ किरा भित्रिने डर
-
दरबार हत्याकाण्डको छानबिन गर्ने गृहमन्त्रीको प्रतिबद्धताप्रति ज्ञानेन्द्र शाहीको स्वागत
-
जीतपुरसिमरामा मापदण्डविपरीत सञ्चालित संस्थागत विद्यालयमाथि कारबाही सुरु
-
अनलाइनमार्फत यौनजन्य गतिविधि गरेको आरोपमा १६ जना पक्राउ
-
२० किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
