विवाहको २१ वर्षपछि अर्जुन रामपाल–मेहर जेसियाको अन्ततः भयो सम्बन्धविच्छेद, दुई छोरी आमासँगै बस्ने
विवाहको २१ वर्षपछि अभिनेता अर्जुन रामपाल र भूतपूर्व सुपरमोडल मेहर जेसियाको सम्बन्धविच्छेदलाई बान्द्राको फ्यामिली कोर्टले स्विकारोक्ति दिएको छ । रिपोर्टका अनुसार मुख्य न्यायाधीश शैलजा सावन्तले सम्बन्धविच्छेदको मञ्जुरी दिएकी हुन् । उनले आफ्नो निर्णय सुनाउँदै दुई छोरी (माहिका र मायरा) आमासँगै बान्द्रास्थित डुप्लेक्समा बस्ने बताएकी छिन् ।
मार्च २०१८ मा अलग्गिएका थिए अर्जुन–मेहरः
सन् २०१८ मा अर्जुन र मेहरले आफूहरु अलग्गिएको घोषणा गरेका थिए । उनले आफ्नो साझा बयानमा भनेका थिए, ‘प्रेम र प्रिय यादले भरिएको २० वर्षको सुन्दर यात्रा तय गरेपछि हाम्रो बाटो अलग्गिएको बताउन चाहन्छु । हामीलाई लाग्छ कि अब हामी भिन्न उद्देश्यतर्फ मोडिने बेला आएको छ । हामी एक अर्काका लागि पिलरको रुपमा खडा भयौं । भविष्यमा पनि एक अर्का र आफ्नो परिवारजनका लागि यसरी नै खडा हुनेछौं ।’
गेब्रिएलासँग रिलेशनशिपमा छन् अर्जुनः
अर्जुन आजकाल दक्षिणी अफ्रिकी मोडल र नायिका गेब्रिएला डेमेट्रिएड्ससँग सम्बन्धमा छन् । अहिलेसम्म उनीहरुले विवाह गरेका छैनन् । यद्यपि, यसै वर्ष जुलाईमा उनीहरु छोरा आरिकका आमा–बुवा बने । मेहरसँग अर्जुनले सन् १९९८ मा विवाह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालका धावक दीक्षित छनोट
-
एकीकृत समाजवादीलाई कमजोर ठाने देशमा अर्को उथलपुथल हुन्छ : माधव नेपाल
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड
-
संसद् जनताप्रति उत्तरदायी हुनुपर्छ : नारायणदत्त भट्ट
-
पाइपलाइनमा यी १० धमाकेदार फ्रेन्चाइजी फिल्महरू, बक्स अफिसमा धमाल मच्चाउने अपेक्षा