बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

घरका यी सामान टुटेफुटेका छन् ? सधैं गराउँछ आर्थिक संकट

शनिबार, ०७ मङ्सिर २०७६, १० : ४५
शनिबार, ०७ मङ्सिर २०७६

एजेन्सी – बास्तु दोष भयो भने घरपरिवारमा आर्थिक संकटसम्बन्धी समस्याहरु आउने गर्छ । त्यतिमात्र होइन पारिवारीक माहोल पनि खटपट हुने, सधैँ असफल हुने कारण पनि बन्न सक्छ । 

बास्तुको अनुसार घरमा टुटेफुटेका सामान राख्दा नकारात्मक उर्जा पैदा हुन्छ । यसका साथै आर्थिक रुपमा हानी नोक्सानी हुने गर्छ । यति मात्र होइन घरमा भएका अनावश्यक टुटेका फुटेका सामानले मानसिक तनावको कारण पनि बन्ने गर्छ । 

भाँडाकुँडा 
भान्साकोठामा पुराना भइसकेका र टुटेफुटेका भाँडाकुँडा राख्दा महालक्ष्मी अप्रसन्न हुने र घरमा दरिद्रताका साथसाथै आर्थिक हानी हुने गर्छ ।

घडी
बास्तुको अनुसार घरमा चल्न छोडेको वा बिग्रिएको घडी घरमा राख्नु अशुभ मानिन्छ । यसले परिवारको सदस्यको उन्नति हुन रोक्छ । साथै, यसले घरमा नकारात्मक उर्जा पनि फैलाउँछ ।

ऐना
फुटेको, चर्केको वा ऐनाको टुक्रा बास्तुको अनुसार एकदमै ठूलो दोष हो । यसले घरमा नकारात्मक उर्जा सक्रिय गराउँन मद्दत गर्छ । जसले गर्दा परिवारको सदस्य मानसिक तनावको सामाना गर्नुपर्छ ।

खाट/पलङ
यदि तपाईंको वैवाहिक जीवन सधैँ सुखद बनाउँन चाहानुहुन्छ भने घरमा भएको पलङ वा खाट भाँचिएको हुनुहुँदैन । यदि सुत्ने विस्तारा भाँचिएको छ वा टुटेको छ भने वैवाहिक जीवनमा तनाव सिर्जना हुन्छ ।

तस्बिर
घरमा राखिएको तस्बिरका फ्रेम पनि फुटेको वा चर्किएको छ भने तुरुन्तै हटाइदिनुपर्छ । च्यातिएको र यस्ता फुटेका तस्बिर राखेमा घरमा परिवारकोबीचमा मतभेद पैदा हुन्छ ।

ढोका
घरभित्र छिर्ने ढोका वा गेट टुटेको छ भने अशुभ मानिन्छ । यसबाट घरमा नकारात्मक उर्जा गर्छ ।

फर्निचर
बास्तुको अनुसार घरमा टुटेफुटेका फर्निचर राख्दा अशान्ति फैलन्छ  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप