शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय गौरवका आयोजनामा ध्यान गएनः नेता लेखक

शनिबार, ०७ मङ्सिर २०७६, २३ : १९
शनिबार, ०७ मङ्सिर २०७६

बैतडी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले वर्तमान सरकारले झुट बोलेर जनतालाई ढाँटेको आरोप लगाएका छन् । दोगडाकेदार गाउँपालिका–४ कपिन्नामा आज आयोजित चुनावी सभामा उनले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउने सरकारले देशमा समृद्धि ल्याउन कुनै योजना ल्याउन नसकेको बताए । 

काँग्रेसको सरकार भएको बेला प्रशस्त बजेट छुट्टयाएको महाकाली कोरिडोरमा वर्तमान सरकारले बजेट नछुट्टयाएकामा नेता लेखकले आपत्ति व्यक्त गरे । उनले भने, ‘सुदूरपश्चिमका राष्ट्रिय गौरवका आयोजनामा सरकारको ध्यान जान सकेको छैन ।’ वर्तमान सरकारले प्रेसलाई अंकुश लगाउने, संवैधानिक परिषद्लाई पार्टीकरण गर्ने काम गरेको उनको भनाइ थियो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप