बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डभन्दा म सिनियर अध्यक्ष हुँ’

सोमबार, ०९ मङ्सिर २०७६, २२ : ३६
सोमबार, ०९ मङ्सिर २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुष्पकमल दाहाल प्रचण्डभन्दा सिनियर अध्यक्ष भएको दाबी गरेका छन् । सोमबार साँझ कान्तिपुर टेलिभिजनमा साप्ताहिक रुपमा प्रसारण हुने फाइरसाइड कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अध्यक्ष कार्यकारी नै हुन्छ । दुबै कार्यकारी अध्यक्ष नै हो । यथार्थमा प्रथम म र द्धितिय उहाँ नै हुनुहुन्थ्यो । अध्यक्ष्यता र सञ्चालन मैले नै गर्थेँ दुई अध्यक्ष भएपनि । बढी सरकारको काममा म लाग्नुपरेको छ । पार्टी र सरकारमा बराबर गर्ने पनि भनिएको थियो । बीचमा प्रधानमन्त्री फेर्दा जुन स्थायित्व ल्यायौँ त्यसमा फेरि अस्थिरता हुने भयो । हामी आधाआधा गर्न तयार थियौँ । अहिलेको सन्दर्भमा स्थायित्व आवश्यक छ ।’

प्रधानमन्त्री ओलीले  पाँच वर्षमा प्रधानमन्त्री नफेर्ने निश्कर्षमा पुगिएको बताउँदै आफू भने प्रधानमन्त्रीको काममा केन्द्रीत भएको बताए ।  उनले भने, ‘सरकारको काम पनि मैले सल्लाह नै गरेर गर्छु । पार्टीको काम पनि मसँग सल्लाह गरेर गर्नुहुन्छ । सिनियारिटीको हिसावमा म सिनियर अध्यक्ष हो उहाँ अर्को अध्यक्ष हो ।’

ओलीले भने, ‘मैले अध्यक्षता नगर्दा म कार्यकारी होइन भन्ने होइन । म पनि कार्यकारी हो उहाँ पनि कार्यकारी हो । बढुवा भएको त कसरी हुन्छ ? मैलेमात्रै अध्यक्षता गर्थे अब उहाँले पनि गर्नुहुन्छ । कहिलेकाहिँ मैले पनि गर्छु । उहाँले पनि गर्नुहुन्छ ।’

उनले प्रचण्ड निकै सजिलो मान्छे भएको भन्दै प्रशंसा समेत गरे । ‘प्रचण्डजी मैले हेर्दा सजिलो पनि मान्छे हुनुहुन्छ । कतिले एउटा जंगलमा दुई वटाशेर बाग हुनसक्दैन भछन्, हाम्रोमा हुन्छ । दुईटा पाइलटले जहाज उडाउँछ । जे भनेपनि सिनियारिटी र जुनियारिटी हुन्छ ।’

सीमा विवादका विषयमा मोदीजी र मेरो बीचमा कुरा हुनसक्छ

प्रधानमन्त्री आलीले सीमा समस्या गम्भीर विषय भएको बताउँदै प्रतिपक्षी दलका नेताहरुले यो विषयमा बोल्दा तौलेर बोल्नुपर्नेमा जोड दिए । उनले भने, ‘शेरबहादुर बाबुरामजीहरुले तौलका साथ बोल्दा बाञ्छनीय हुन्छ । सीमा समस्या गम्भीर विषय हो, सोहीअनुसार नेताहरुको अभिव्यक्ति आउनुपर्छ ।’ 

भारतीय समकक्षीसँग टेलिफोन गरेर वार्तामा बोलाउन सम्भव छैन भन्ने विषयको प्रश्नमा ओलीले विगतमा लिम्पियाधुराको विषयमा नेताहरुले अनदेख गरेको आरोप लगाए । त्यसबेलाका सरकारहरुको वाध्यतालाई स्मरण गर्दै उनले जसरी भएपनि उनीहरुले बोल्नुपर्ने बाध्यताबाट गुज्रिएको बताए । उनले भने, ‘हाम्रो भूभाग हो । यहाँ तिरो उठाइरहेका छौ भनेर भन्नुपथ्र्यो ।’ यस्तो विषयमा बोल्दा कहिलेकाहीँ सरकार गिर्न पनि तयार हुनुपर्ने उनले बताए । उनले भने, कहिलेकाँही यस्तो विषयमा सरकार गिर्न पनि सक्छ र नगिर्न पनि सक्थ्यो । कतिपय अवस्थामा सरकार गिर्न तयार हुनुपर्छ ।

अघिल्लोपटक म पनि गिरेको हो नि । सरकार ढालियो । नाकाबन्दीको विरोध गरेँ होला । उत्तरको नाका खोले हुँदा यस्तै कारणले त ढले होला ।’ तर राष्ट्रिय हितको मूल्यमा म सरकारमा रहन्छु कि रहन्न ठुलो कुरा होइन । मेरो पद ठुलो होइन, राष्ट्र राष्ट्र हो ।’

–भूमि विवादकमो विषयमा सिधै वार्ता सम्भव छ ?  भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, ‘यसमा के छ भने मोदीजी र मेरो बीचमा पनि कुरा हुनसक्छ । यो विषयमा विभिन्न तहमा कुरा हुनसक्छ । अरु लेभलमा कुरा मिलेन भने हामीबीच पनि कुरा हुन्छ । अनुमानका भरमा भन्दा पनि तथ्यमा रहेर हामी कुरा राख्छौँ । हामीसँग जनगणना गर्ने मान्छेहरुनै छन् । यसमा धेरै अप्ठ्यारो मान्नुपर्ने कारण छैन । यसमा आफूलाई देशभक्त देखाउन हर्कत गर्नुपर्ने, उपलब्धिहीन कुरा गर्नुपर्ने, उत्ताउलो कुरा गरेर वार्तावरण विगार्नु हुन्न् । वैदेशिक सेना फिर्ता पठाउनुपर्छ । ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसार भयो भन्नेलाई मेरो कुनै टिप्पणी छैन । मेरोलाई देशभक्ति निष्ठाको कुरा हो ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप