बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जेफ बेजोस् र बिल गेट्सलाई उछिन्दै बर्नार्ड संसारकै धनी व्यक्ति बन्ने लाइनमा

मङ्गलबार, १० मङ्सिर २०७६, ११ : ४७
मङ्गलबार, १० मङ्सिर २०७६

जेफ बेजोस र बिल गेट्सले लुइस भिटनका छालाका वालेट र टिफनीका साना निलो बक्स मज्जाले किन्न सक्लान् तर संसारका यी दुई धनी व्यक्तित्वलाई लुइस भिटन (एलभीएमएच) का प्रमुखले उछिन्ने खतरा बढेको छ । लुइस भिटनले टिफनीलाई किन्ने सहमती भएपछि यस्तो भएको हो ।

एलभीएमएचका संस्थापक अध्यक्ष एवं कार्यकारी बर्नार्ड अर्नल्टको सम्पत्ति अब १०६ बिलियन डलर (करिब १२१ खर्ब रुपैयाँ) माथि पुगेको फोर्ब्सले बताएको छ । द वर्ल्ड रियल टाइम बिलेयनियरमा उनलाई शीर्ष स्थानमा राखिएको छ । अर्नल्टको कम्पनी एलभीएमएचले टिफनीलाई १६ बिलियन डलरमा किन्ने सहमती भएपछि सोमबार उनको कूल सम्पत्तिमा १ प्रतिशतको वृद्धि भएको छ ।  

एलभीएमएचको सेयरमा वृद्धि भएपछि १०७ बिलियन डलर सम्पत्ति भएका माइक्रोसफ्टका सह–संस्थापक गेट्स र ११० बिलियन डलर सम्पत्तिसहित संसारकै सबैभन्दा धनी बन्न सफल बेफ बेजोसलाई टक्कर दिने स्थितीमा पुगेका छन् ।

अर्नल्ट, बेजोस् र गेट्स अन्य मेगा बिलेयनेर्सभन्दा निकै माथि छन् ।

फोर्ब्सका अनुसार बर्कसायर ह्याथावेका वारेन बफेको कूल सम्पत्ति ८६ बिलियन डलर छ भने फेसबुकका सिइओ मार्क जुकरबर्गको ७५ बिलियन डलर सम्पत्ति रहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप