वर्षौंपछि यस्तो अवस्थामा देखिए नायक इमरान खानः मानिसहरुले भने, ‘प्लिज, फिर्ता आउ’
आमिर खानका भाञ्जा इमरान खानले जब फिल्ममा डेब्यू गरेका थिए तब उनको अत्यधिक चर्चा भएको थियो । इमरान लामो रेसको घोडा प्रमाणित हुने धेरैले अड्कलबाजी पनि गरेका थिए । उनको डेब्यू फिल्म ‘जाने तू या जाने ना’ अत्यधिक हिट भएको थियो । तर उनका अन्य फिल्मले दर्शकलाई खासै आकर्षित गर्न सकेनन् । त्यसकारण इमरान खान फिल्मबाट मात्रै नभई मिडियाबाट पनि टाढा रहे ।
उनलाई फाट्टफुट्ट सोसल मिडिया प्लेटफर्ममा देखिन्छ । हालै नायिका दिया मिर्जाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा फोटो सेयर गरिन् जसमा उनीबाहेक डायना पेन्टी, अदिती राव हैदरी, निमरत कौर, निखिल आडवाणी र नायक इमरान खान देखिएका छन् । यो फोटो उनको सन्डे ब्रन्चको हो । फोटोमा सबैभन्दा धेरै इमरान खानको चर्चा भएको छ ।
दियाको यो फोटोमा जतिले कमेन्ट गरेका छन् उनीहरु सबैजना इमरानको अवस्था देखेर अचम्मित थिए । फोटोमा अन्य सेलिब्रिटीको उपस्थिती हुँदा पनि धेरैको ध्यान इमरानमाथि नै केन्द्रित रह्यो ।
स्मरण रहोस्, इमरान खानले बेस्ट मेल डेब्यू अवार्ड पनि पाएका थिए । ‘डेल्ली बेली’ र ‘मेरी ब्रदरकी दुलहन’ मा पनि उनको अभिनयलाई निकै रुचाइयो र अवार्ड पनि पाए । पछिल्लो पटक उनी सन् २०१५ मा रिलिज भएको फिल्म ‘कट्टी बट्टी’ मा देखिएका थिए जुन फ्लप रह्यो । उक्त फिल्ममा उनको अपोजिटमा कंगना रनौत थिइन् । यो फिल्म अघि पनि इमरानका थुप्रै फिल्म लगातार फ्लप रह्यो जसका कारण उनी बिग स्क्रिनमा मात्रै नभई सार्वजनिक कार्यक्रमबाट पनि टाढा भए । केही समय अघि उनी श्रीमतीसँगको सम्बन्धविच्छेदको खबरसहित चर्चामा आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने