शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भूकम्पमा परी हजुरआमाको मृत्यु तर नाती काखमा लुकेर बाँच्यो

बुधबार, ११ मङ्सिर २०७६, १० : १२
बुधबार, ११ मङ्सिर २०७६

अल्बानियामा मंगलबार आएको भूकम्पमा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

६.४ म्याग्निच्युडको भूकम्पको केन्द्र अल्बानियाको राजधानी तिरानाबाट ३४ किलोमिटर टाढा उत्तर पश्चिममा रह्यो ।

मंगलबार बिहान आएको यो भूकम्पको केही घण्टापछि बोसनियाको मोस्टारमा पनि भूकम्प आयो । यद्यपि, यहाँ कुनै पनि प्रकारको क्षतीको खबर आएको छैन ।

Photo: Getty Image

अल्बनियाका प्रधानमन्त्री एडी रामाले ट्वीटरमा लेखे, ‘हामी पीडितको साथमा छौं । हामी प्रभावित इलाकामा मानिसको मद्दतका लागि हर सम्भव कोसिस गरिरहेका छौं ।’

Photo: Getty Image

अल्बानियाको स्थानीय संचारमाध्यमका अनुसार करिब ६ सय जनाको अस्पतालमा उपचार भइरहेको छ ।

Photo: Getty Image

हजुरआमाले नातीलाई बचाइन्ः

तत्कालका लागि सबै स्कूल बन्द गरिएको छ ।

उद्धारकर्मीले अल्बानियाको मिडियालाई एक वृद्धाबारे जानकारी दिएका छन् ।

Photo: Getty Image

उद्धारकर्मीले जब एक वृद्ध महिलाको शव भेटे तब उनी आफ्नो नातीसँग थिइन् । ती हजुरआमाले आफ्नो नातीलाई यसरी समातेकी थिइन् कि बच्चाको सकुशल उद्धार गर्न सकियो ।

भूकम्पपछि उद्धारकार्य तीब्र रुपमा जारी छ । सेना, पुलिसले भवनबाट मानिसहरुलाई निकालिरहेका छन् ।

Photo: Getty Image

भूकम्पमा धेरै मानिसहरु फसिरहेको पनि अनुमान गरिएको छ । अधिकारीका अनुसार अहिलेसम्म भूकम्पग्रस्त भवनबाट ४२ व्यक्तिलाई जिउँदो निकालिएको छ ।

यसअघि सन् १९७९ मा ६.९ रेक्टर स्केलको भूकम्प आएको थियो । यो भूकम्पमा १३६ जनाको ज्यान गएको थियो भने करिब एक हजार घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप