शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल पुरुष भलिबलमा बंगलादेशसँग पराजित

बुधबार, ११ मङ्सिर २०७६, २३ : १६
बुधबार, ११ मङ्सिर २०७६

काठमाडौ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुषतर्फको भलिबल खेलमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित भएको छ । राखेप कभर्ड हलमा बुधबार भएको समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २५–२१, २३–२५, २५–१९, २५–२६, १२–१५ ले पराजित भयो । 

नेपालले अब समूह चरणको अन्तिम खेलमा भारतसँग शुक्रबार खेल्नेछ । सेमिफाइनलमा पुग्न नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्नेछ । पुरुष भलिबलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसँगै भारत र बंगलादेश छन् । 

समूह ‘बी’ मा पाकिस्तान, श्रीलंका र माल्दिभ्स रहेका छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप